शनिबार, साउन ९ २०८३
ताजा अपडेट

माधव नेपालले एकाविहानै सुन्न पर्यो अत्यन्तै दुःखद खबर


  • बिहिबार, कार्तिक ४ २०७८
14.6K
SHARES

फाइल तस्विर

कात्तिक – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एकाविहानै दुःखद खबर सुन्न परेको छ । पार्टीका तीन जना केन्द्रीय सदस्य एमालेमै फर्किएपछि नेपाललाई झट्का लागेको छ ।

माधवले केन्द्रीय सदस्य बनाएर जिम्मेवारीसमेत दिएका रामेछापका झम्क कँडेल, ललितपुरका प्रेम महर्जन र मिठाराम केसी एमालेमै फर्किएका हुन् ।

उनीहरुलाई नेकपा एकीकृत समाजवादीले बिस्तारित ३ सय ३५ सदस्यीय केन्द्रीय कमिटीमा समेटेर कार्यविभाजन गरेको थियो ।

एमाले बागमति प्रदेशका अध्यक्ष आनन्दप्रसाद पोखरेलका अनुसार तीनैजना नेता बुधबार आयोजित एमालेको वागमती प्रदेश कमिटी बैठकमा सहभागी भएका थिए ।

तीनै जना नेता माधवको केन्द्रीय सदस्य भन्दा एमालेको प्रदेश सदस्य नै राम्रो भन्दै एमालेमै फकिएका हुन् । उनीहरु एमालेको प्रदेश कमिटी सदस्यमा थिए । माधवले जिम्मेवारी दिएको पाँच दिनमै तीनै जना नेता नेकपा एसको जिम्मेवारी छाडेर एमालेको प्रदेश कमिटीमा सक्रिय भएको पोखरेलले बताए ।

नेकपा एसले कँडेललाई रामेछाप जिल्लाको सहइञ्चार्ज बनाएको थियो । महर्जनलाई नेकपा एसले केन्द्रीय सदस्य बनाएर ललितपुर महानगर इन्चार्जको जिम्मेवारी दिएको थियो भने केसी केन्द्रीय सल्लाहल्कारको जिम्मेवारीमा भिए ।

महर्जन वि सं २०४९ र ०५४ को निर्वाचनमा ललितपुर महानगर वडा नं ८ को वडाध्यक्षमा समेत निर्वाचित भएका थिए भने एमाले र माओवादी पार्टी एकीकरण भएर नेकपा बन्नुपूर्व साविक एमालेको ललितपुर २ नं क्षेत्रीय अध्यक्ष (दुई कार्यकाल) तथा जिल्ला कमिटि सदस्य रही काम गरेका थिए ।

यसैगरी साविक एमालेमा राष्ट्रिय परिषद सदस्य रहेका लेलेका मिठाराम केसी २०५४ सालको स्थानीय निर्वाचनमा साविक लेले गाविसको अध्यक्षमा निर्वाचित भएका थिए ।

यसअघि सुरुमा नेकपा यसलाई समर्थन गरेका र समानातर कमिटीमा लागेका समानान्तर कमिटीमा रहेका साविक पार्टी उपाध्यक्ष कृष्णमान लामा, उपसचिव तारा सञ्जेल, प्रदेश कमिटि सदस्यहरु चिरन्जीवी आचार्य, प्रेमभक्त महर्जन, पार्टीनिकट यातायात मजदुर संगठनका महासचिव नवराज घिमिरे लगायतका नेताहरु समेत एमालेमै फर्किएकाल छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा