शनिबार, साउन ९ २०८३
ताजा अपडेट

मुख्यमन्त्री अल्पमतमा : बागमती प्रदेशसभा बैठकमा एमाले उपस्थित नहुने


  • बिहिबार, कार्तिक ४ २०७८
4.6K
SHARES

अष्टलक्ष्मी शाक्य

बागमती प्रदेशसभाको आज बस्ने बैठकमा नेकपा एमाले उपस्थित नहुने भएको छ । एमालेको वडा र पालिका अधिवेशनको तयारी सांसदहरू व्यस्त हुने भएकाले आज बस्ने प्रदेशसभाको बैठकमा एमाले उपस्थित नहुने भएको हो ।

एमालेले बैठक सार्न हिजो बुधबार नै प्रदेशसभा सचिवालयमा लिखित रूपमा पत्रसमेत दर्ता गराइसकेको छ । बुधबार नेकपा एमाले बागमती प्रदेशका प्रमुख सचेतक दीपक निरौलाले पार्टीको वडा र पालिका अधिवेशनको सम्पन्न गर्नुपर्ने भएकाले सो कार्यका लागि समय माग गर्दै बैठक सार्न सभामुखसमक्ष लिखित रूपमा पत्र पठाएको हो ।

​एमालेको १० औँ महाधिवेशन बैठक अन्तर्गत आगामी कात्तिक ६ वडा र ९ गते पालिका अधिवेशनको तयारी सांसदहरू लाग्नुपर्ने भएकाले प्रदेशसभा बैठकमा उपस्थित नहुने प्रमुख सचेतक निरौलाले बताए । ‘सभामुखज्यूले प्रदेशसभा बैठक राख्नु हुन्न भन्ने हाम्रो विश्वास हो, यदि प्रदेशसभा बैठक राखियो भने पनि हामी उपस्थित हुँदैनौ ।’ उनले भने ।

नेकपा एमालेका प्रत्येक सांसद पार्टीको कुनै न कुनै पदमा आबद्ध रहेका छन् । उनीहरूको भूमिका पार्टीको वडा र पालिका अधिवेशनमा महत्त्वपूर्ण भूमिका रहने भएकाले प्रदेशसभा बैठकमा उपस्थित हुनुपर्ने भएकाले बैठकमा उपस्थित हुन नसक्ने उनले बताए । प्रदेशसभा बैठक आगामी कात्तिक ११ गतेसम्मको लागि सार्न एमालेले प्रस्ताव गरेको थियो ।

हालसम्म प्रदेशसभा स्थगित बारे प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले कुनै औपचारिक निर्णय गरेका छैन । प्रदेशसभा बैठकमा सहभागी हुन अन्य दलका सांसदहरु हेटौँडा आउने क्रम जारी रहेको छ । गत असोज २४ गते बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले नेपालको संविधानको धारा १८८ को उपधारा २ तथा प्रदेश नियमावली २०७४ को नियम १४३ को उपनियम १ बमोजिम विश्वासको मतसम्बन्धी प्रस्ताव संसद्मा पेस गरेकी थिइन् ।

आज दिउँसो १ बजेका लागि आह्वान गरिएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मत सम्बन्धी प्रस्ताव बारे छलफल र मत विभाजन हुने तय भएको थियो । भदौ २ गते नेकपा एमालेको एकल बहुमतबाट मुख्यमन्त्री नियुक्त भएकी शाक्य नेकपा एमाले विभाजन पछि अल्पमतमा परेकी थिइन् ।

गत भदौ २५ गते एकीकृत समाजवादी पार्टीको आधिकारिकता र आबद्ध सांसदको नामावलीसहितको निर्वाचन आयोगको पत्र प्रदेशसभा सचिवालयमा दर्ता भएसँगै मुख्यमन्त्री शाक्य औपचारिक रूपमा अल्पमतमा थिएन ।

५६ जना सांसदका साथ प्रदेश सरकारको सत्तारोहण गरेकी मुख्यमन्त्री शाक्यलाई एमाले विभाजनपछि भने ४३ जना सांसदको मात्र समर्थन रहेको छ । नेकपा एमालेका १३ सांसदले नेकपा एकीकृत समाजवादी रोजेपछि एमाले ४३ सांसदमा खुम्चिएको हो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा