शनिबार, साउन ९ २०८३
ताजा अपडेट

सर्यो एमाले अधिवेशन, यस्तो छ नयाँ तालिका


  • बिहिबार, कार्तिक ४ २०७८
12K
SHARES

फाइल तस्विर

सुर्खेत – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दशाैँ अधिवेशन सरेको छ । यो दैलेखको खबर हो ।

कार्तिक ६ र ९ गते गर्ने भनिएको वडा र पालिका अधिवेशन सरेको हो । एमाले दैलेखले वडा अधिवेशन र पालिका अधिवेशनको मिति सारेको जनाएको छ ।

केन्द्रले कात्तिक ६ गते वडा अधिवेशन र कात्तिक ९ गते पालिका अधिवेशन गर्ने भनेर निर्देशन दिए पनि वर्षातको कारण जिल्ला कमिटीले अधिवेशन सार्ने निर्णय भएको नेकपा एमालेका जिल्ला अध्यक्ष रविन्द्रराज शर्माले बताए ।

‘वर्षातले पनि हामीलाई समस्या पारेको छ । संगठित सदस्यताको काम पनि टुंगिएको छैन,’ एमाले दैलेखका अध्यक्ष शर्माले भने, ‘सोही आधारमा हामीले कात्तिक ९ गते पालिकास्तरमा वैठक बोलाएका छौं ।’

उनले कार्तिक ९ गते पूर्वबैठक बसेपछि कात्तिक १२ वडा अधिवेशन गर्ने निर्णय गरेको बताए । कात्तिक १५ गते पालिका अधिवेशन सम्पन्न गर्ने उनको भनाई छ ।

उनले जिल्ला कमिटिको वैठकद्वारा पालिका तथा वडा कमिटीको अधिवेशनका लागि जिल्ला कमिटीका पदाधिकारी एवम् सदस्यहरु समेत खटाइएको बताए ।

हरेक वडामा जिल्ला कमिटीका सदस्यलाई अधिवेशन गर्ने जिम्मेवारीसमेत तोकि सकिएको उनले जानकारी दिए । यता अधिवेशन रोक्न पर्ने भन्दै नेकपा उपाध्यक्ष अष्टलक्ष्मी शाक्यसहित असन्तुष्ट १० नेताले आग्रह गरेका छन् ।

समय अपुग हुने भन्दै पार्टी विभाजनको विपक्षमा रहदै एमालेमै बसेका १० जना स्थायी समिति सदस्यले वडा र पालिका अधिवेशन रोक्न माग गरेका हुन् । ‘अहिले किसानको खेतवारीमा धान पाकेको छ । दशैं भर्खर सकिएको तिहार आउँदैछ ।’ एक स्थायी समिति सदस्यले भने, ‘यस्तो अवस्थामा नाम मात्रको अधिवेशन गरेर गर्न खोजेको के हो ?’

यसले पार्टीभित्रको लोकतन्त्र बलियो नहुने भन्दै कसैलाई टिपेर अध्यक्ष बनाउनु गलत भएको बताए । आज बस्ने स्थायी समिति बैठकमा यी विषयहरुमा छलफल हुने उनले बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा