शनिबार, साउन ९ २०८३
ताजा अपडेट

बागमती प्रदेश सभाको बैठक आज


  • बिहिबार, कार्तिक ४ २०७८
11.3K
SHARES

तस्विरः फाइल

आज बिहीबार बागमती प्रदेशको प्रदेश सभा बैठक बस्दै छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभा बैठक दिउँसो एक बजे बोलाइएको हो ।

सत्तारुढ नेकपा (एमाले)ले भने बैठकमा उपस्थित नहुने बताएको छ । पालिका अधिवेशनको तयारीमा रहेको भन्दै एमालेले बैठकमा सहभागी हुन नसक्ने बताएपछि आज मत विभाजन हुने निश्चित भने छैन । एमालेले ११ गतेसम्मका लागि बैठक सार्न आग्रह गर्दै सभामुखलाई पत्रसमेत पठाएको छ ।

गत भदौ २ गते मुख्यमन्त्री बनेकी शाक्य केही दिनमै प्रदेश सभामा अल्पमतमा परेकी थिइन् । तत्कालीन एमाले १३ जना सांसदहरूले माधवकुमार नेपालको नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेपछि मुख्यमन्त्री शाक्य अल्पमतमा छन् ।

अल्पमतमा परेपछि मुख्यमन्त्री शाक्यले असोज २३ गतेको प्रदेश सभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरिसकेकी छन् । उक्त प्रस्तावबारे आज छलफल र मत विभाजन हुने गरी बैठक बोलाइएको हो ।

१०९ जना प्रदेश सभा सदस्य रहेका बागमती प्रदेशमा विश्वासको मत पाउन ५५ सांसद आवश्यक हुन्छ तर सत्तारुढ एमालेसँग ४३ जना सांसद मात्रै छन् ।

विपक्षी गठबन्धनको नेकपा (माओवादी केन्द्र)का २३, नेपाली कांग्रेसका २२, नेकपा (एकीकृत समाजवादी) का १३ जना रहेका छन् ।

यस्तै विवेकशील साझाका तीन, राप्रपा र नेपाल मजदुर किसान पार्टीका दुई/दुई र जनता समाजवादीका एक जना सांसद रहेका छन् ।

बागमतीमा गठबन्धमा रहेका प्रमुख तीन दलको प्रष्ट बहुमत छ । उनीहरूसँग ५८ सांसद छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा