शनिबार, साउन ९ २०८३
ताजा अपडेट

मोरङ र सुनसरी दुई दिनदेखि अन्धकारमा, डुबानमा पर्‍यो दुहबी प्रसारण केन्द्र


  • बिहिबार, कार्तिक ४ २०७८
7.7K
SHARES

तस्विरः फाइल

लगातार तिन दिन सम्म परेको वर्षाका कारण पूर्व अन्धकार बनेको छ । मोबाइल फोन चार्ज गर्न देखि घरमा बत्ती समेत नभएकोले पूर्वका केही जिल्लाहरू अन्धकार बनेका छन् ।

अविरल वर्षाले नेपाल विद्युत् प्राधिकरणको सुनसरीस्थित दुहबी प्रशारण केन्द्र डुबानमा परेपछि त्यस क्षेत्रमा दुई दिनदेखि विद्युत् सेवा अवरूद्ध भएको छ।

सुनसरी र मोरङ क्षेत्रमा दुई दिनदेखि विद्युत् नआएको स्थानीयले बताएका छन्। केन्द्रका अनुसार मौसम सफा भएर पानी नघटेसम्म विद्युत् सुचारू गर्न सक्ने अवस्था छैन।

आज साँझसम्म विद्युत् सुचारू गर्ने तयारी गरे पनि निश्चित भइसकेको छैन। आज बिहानदेखि देशैभर मौसम सफा हुँदै गएको छ। गत शनिबारदेखि देशका विभिन्न ठाउँमा वर्षा हुँदा ७८ जनाको मृत्यु भएको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा