शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

आइएमएफको संसदीय नेटवर्कको बोर्ड सदस्य बने गगन


  • बुधबार, कार्तिक ३ २०७८
11.1K
SHARES

गगन थापा । तस्विरः फाइल

नेपाली कांग्रेसका नेता तथा सांसद गगन कुमार थापा विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को संसदीय नेटवर्कको बोर्ड सदस्य बनेका छन् ।

 

बुधबार सामाजिक सञ्जाल फेसबुकबाट उनले आफू उक्त पदमा निर्वाचित भएको जानकारी गराएका हुन्।

 

अब दुई वर्षका लागि बोर्ड सदस्यरूपमा काम गर्नेछन्।

 

उक्त सञ्जालको बोर्डमा १ सय ४० भन्दा बढी देशका सांसद हुन्छन्। उनले ती सदस्यसँग अब दुई वर्षसम्म समावेशी विकासका लागि काम गर्ने बताएका छन् र आफू उत्साहित समेत रहेको उनले बताए।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा