शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

रामेछापका कडेलसहित तीन केन्द्रीय सदस्यले छाडे एकीकृत समाजवादी


  • बुधबार, कार्तिक ३ २०७८
9.6K
SHARES

फाइल तस्विर

काठमाडौं – नेकपा एकीकृत समाजवादीका तीन जना केन्द्रीय सदस्य एमालेमै फर्किएका छन् ।

रामेछापका झम्क कडेल, ललितपुरका प्रेम महर्जन र मिठाराम केसीलाई नेकपा एसले हालैमात्र ३३५ सदस्यीय केन्द्रीय कमिटीमा समेटेर कार्यविभाजन समेत गरेको थियो । केसी भने सल्लाहकार सदस्यमा थिए ।

तीनैजना बुधवार आयोजित एमालेको वागमती प्रदेश कमिटी बैठकमा सहभागी भएको अध्यक्ष आनन्द पोखरेलले जानकारी दिए । उनीहरू एमालेको प्रदेश कमिटी सदस्यमा थिए ।

पाँच दिनमै उनीहरू नेकपा एसको जिम्मेवारी छाडेर एमालेको प्रदेश कमिटीमा सक्रिय भएका हुन् ।

त्यस्तै वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले कम्युनिष्ट पार्टीबीच पुनः एकता गरेर आगामी निर्वाचनमा होमिनुपर्ने बताएकी छिन् ।

नेकपा (एमाले)वाग्मती प्रदेश अधिवेशन आयोजक कमिटीको प्रथम बैठकको आज उद्घाटन सत्रमा बोल्दै उनले जनादेश बमोजिम पुनःसशक्त एमाले बनाएर छिन्नभिन्न कम्युनिष्टलाई एकतामा ल्याई समृद्धि र समाजवादको यात्रामा लाग्नुपर्ने बताईन् ।

“एमाले फुट्नु आवश्यक थिएन । एमाले फुटनुमा कार्यकर्ताको दोष छैन”, उनले भनिन् । मुख्यमन्त्री शाक्यले प्रदेश सरकार विपद् व्यवस्थापन कोष स्थापना गरेर बाढीपहिरामा परेकालाई सहयोग उपलब्ध गराइरहेको जानकारी दिदैं आफूहरुले मन्त्रीको आचारसहिंता बनाएर काम गरिरहेको बताईन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा