शनिबार, साउन ९ २०८३
ताजा अपडेट

आफ्नै पीएले समेत पत्याएनन् प्रकाश ज्वालालाई !


  • बुधबार, कार्तिक ३ २०७८
12.3K
SHARES

फाइल तस्विर

नेकपा एमाले विभाजन गराएर नेकपा एस तिर लागेका प्रकाश ज्वालालाई आफ्नै पीएले समेत नपत्याए पछि हालत खराब भएको छ ।

 

एमाले विभाजन हुनु भन्दा पनि अगाडी देखी एमाले विरुद्ध हात धोएर लागेका नेकपा एसका उपमहासचिव ज्वालालाई अहिले आएर आफनै स्वकिय सचिव समेतले साथ छोडेर नेकपा एमाले तिर नै फर्किएका छन्।

 

नेकपा एसका उपमहासचिव प्रकाश ज्वालाका स्वकीय सचिवसहित छत्रेश्वरी गाउँपालिकाका सवै नेता कार्यकर्ता एमालेमै फर्किएका छन । प्रकाश ज्वालको पछि लागेर पछुतो लागेको प्रतिक्रिया उनीहरुले दिएका छन् ।

 

यस अघि ज्वालाका स्वकीय सचिव रहेका समाजवादीका जिल्ला कमिटी सदस्य एवं युवा संघ केन्द्रीय सचिबालय सदस्य खड्क शाही, जिल्ला कमिटी सदस्य हिरा चन्द र युवा संघ सल्यानका कोषाध्यक्ष सुरेन्द्र चन्दसहित समाजवादीतिर लागेका सवै नेता कार्यकर्ता एमालेमै फर्किएका छन् ।

 

उनीहरु एमालेमै फर्किए सँगै छत्रेश्वरी गाउँपालिका १ दमाचौर सल्यानमा समाजवादी रित्तो बनेको छ । जिल्ला बाट अन्य नेकपा एस तिर लागेका नेता कार्यकर्ताहरु पनि छिट्टै मूल घर एमालेमै फर्कनै तयारीमा रहेको उनीहरुले दावी गरेका छन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा