आइतबार, कार्तिक २ २०८३
ताजा अपडेट

माधव नेपाललाई झट्का, कांग्रेसले तोड्यो महत्वपूर्ण सहमति


  • बुधबार, कार्तिक ३ २०७८
9.4K
SHARES

फाईल तस्बिर

काठमाडौँ – सत्तारुढ गठबन्धनमा दरार आएको छ । नेपाली कांग्रेसले सहमति तोडेपछि गठबन्धनमा दरार आएको हो ।

 

गठबन्धनका नेताहरुबीच बाग्मती र प्रदेश नम्बर एकको मुख्यमन्त्री माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीलाई दिने सहमति भएको थियो । कांग्रेसले उत्तः सहमति तोडेको हो ।

 

मन्त्रीमण्डलमा भागवण्डा गर्ने दिन नै सत्तासाझेदार प्रमुख दल काग्रेस, माओवादी र नेकपा एस विच वाग्मती र प्रदेश एकको मुख्य मन्त्री नेकपा एसलाई दिने समझदारी बनको थियो तर लास्ट आवरमा कांग्रेसले सहमति तोडेपछि राजनीतिक खेल परिवर्तन भएको छ ।

 

केन्द्रको सहमतिलाई चुनौती दिँदै वाग्मती कांग्रेसले नेकपा एसालाई मुख्यमन्त्री दिन नसकिने बताएको छ । एमाले फुटेपछि वाग्मतीमा नेकपा एस, काग्रेस र माओवादी भन्दा पनि सानो आकारको बनेको छ ।

 

प्रधानमन्त्री शेरबहादुर देउवाका घनिष्ट विश्वास पात्र नेपाली काग्रेस बाग्मती प्रदेशका संसदीय दलका नेता इन्द्र बाँनियाले कुनै पनि हालतमा मुख्यमन्त्री बन्ने गरि दौड सुरु गरेका छन् । महाधिवेशनसम्म भए पनि बाँनियालाई मुख्यमन्त्री बनाउने गरी देउवाले पनि चाँजोपाँजो मिलाउँन थालेको बताइन्छ ।

 

वाग्मतीमा नयाँ खेल सुरु भएपछि मुख्यमन्त्री बन्नका लागि खुट्टा उचालेर बसेका नेकपा एसका नेता राजेन्द्र पाण्डे नमज्जासँग झस्किएका छन् । वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मतका लागि प्रदेशसभामा प्रस्ताव पेस गरि सेकेकी छिन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा