शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

माधव नेपालले अब पुण्य गौतमको सल्लाह अनुसार पार्टी चलाउँने !


  • बुधबार, कार्तिक ३ २०७८
14.7K
SHARES

नेकपा एमाले विभाजन गरेर नेकपा एसको अध्यक्ष बनेका माधव कुमार नेपालले भाइरल म्यान पुण्य गौतमको सल्लाह अनुसार पार्टी चलाउँने भएका छन् ।

माधवकुमार नेपाल नेतृत्वको एस पार्टीले पार्टीलाई सल्लाह दिन पुण्य गौतम सहितको १५४ सदस्यीय केन्द्रीय सल्लाहकार परिषद गठन गरेको छ । परिषदले पार्टी संचालनका लागि सल्लाह दिने छ ।

परिषदमा भाइरलम्यान पुण्य गौतम समेत परेका छन् । परिषदमा लेखक तथा राजनीतिक विश्लेषक प्रा‍. कृष्ण पोखरेल, मनमोहन अधिकारीको पालाका नेताहरू केशरमणी पोखरेल, लोककृष्ण भट्टराईदेखि मोदनाथ प्रश्रित, वरिष्ठ पत्रकार गोपाल थपलिया, वरिष्ठ अधिवक्ता विश्वकान्त मैनाली समेत समेटिएका छन् ।

२०४८ पछि कम्युनिष्ट राजनीतिबाट अलग्गिएका बद्रीप्रसाद खतिवडा, गजलकार बुँद रानालगायत रहेका छन् । पुण्य गौतमलाई माधव नेपालले पार्टी केद्रिय कमिटिमा पनि राखेका छन् ।

युटुव अन्तर्वाताबाट चर्चामा आएका पुण्य गौतम गतिलो गाँठ झर्ने कुरा सुने पछि पछिल्लो समय टिकटक लाइभ तिर मोडिएका छन् । दैनिक टिककट लाइभमा बसेर राम्रो रकम कमाइरहेको चर्चा बजारमा चलेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा