शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

एन्फा अध्यक्ष शेर्पा र अलमुताइरीबीच भेटवार्ता, नेपाल फर्किने बारे यसो भने…


  • बुधबार, कार्तिक ३ २०७८
14.1K
SHARES

काठमाडौं, ३ कात्तिक । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पा र नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरी बीच भेटवार्ता भएको छ ।

 

आज (बुधबार) एन्फाका अध्यक्ष शेर्पा र प्रशिक्षक अलमुताइरी बीच कतारमा भेटवार्ता भएको हो । भेटवार्तामा प्रशिक्षक अलमुताइरी नेपाल आउन सकारात्मक देखिएको बताइएको छ । छलफल पश्चात अध्यक्ष शेर्पाले नेपाली राष्ट्रिय फुटबल टीमलाई थप मजबुत बनाउने सम्बन्धमा छलफल भएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा दुई जनाको तस्बिर समेत सार्वजनिक गरेका छन् ।

 

साफ च्याम्पियनसिपको फाइनल खेलपछि नेपाली टोली स्वदेश फर्किए पनि अलमुताइरी माल्दिभ्सबाटै स्वदेश फर्किएका थिऐ ।

नेपाललाई साफ च्याम्पियनसिपमा पहिलो पटक फाइनल प्रवेश गराउन सफल उनी धेरै पटक विवादमा आएका थिए । अलमुताइरी सामाजिक सञ्जालमा आफुले राजिनामा दिने भन्दै पटकपटक लेख्दै आएका थिए ।

 

तर, साफ च्याम्पियनसिपमा नेपालले गरेको प्रदर्शन र अलमुताइरीको प्रयासलाई हेर्दा नेपाली फुटबल प्रेमीले पनि उनलाई नेपालमै देख्न चाहान्छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा