प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेकपा एसका अध्यक्ष माधव कुमार नेपालका लागी एमालेको ढोका सदाका लागी बन्द भएको घोषणा गरेका छन् ।
एमाले फुटाउने माधव नेपालका लागी एमालेको ढोका सँधैका लागी बन्द भएको घोषणा गर्दै अध्यक्ष ओलीले माफी मागेर फर्किए पनि नेपाललाई कुनै हालतमा एमालेमा इन्ट्री नदिने प्रष्ट पारेका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूहरूले चाहे देउवा सरकार एक सातामा ढाल्न सक्ने दावी गरेका छन् । बुधबार वागमती प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले यस्तो बताएका हुन् ।
उनले वर्तमान सरकारमा लोभी पापीमात्रै रहेकाले उनीहरूलाई अलिकति बिलो लगाउने हो भने सरकार ढल्ने बताए । ‘अहिले पनि यो सरकार ढाल्दिउँ भन्ने हो भने एक हप्तामा ढल्छ । यस्तै साँठगाँठ, गठबन्धन गर्ने हो भने त हामी सात दिनभित्र ढालिदिन्छौं । लोभीपापीहरू छन्, दिए भइगो नि । ढलिहाल्छ नि । दिए सिद्धिने कुरा छ त्यहाँ’, ओलीले एमालेको उदेश्य र अभिष्ट सरकार बनाउने नभइ देश बनाउने भएको दावी गरे ।
‘हाम्रो अभिष्ट सरकार बनाउने होइन । देश बनाउने र सरकार बनाउने कुरा फरक छ । देश बन्ने निश्चित गरेरमात्रै हामी सरकार बनाउँछौं’, ओलीको भनाई । उनले अर्ली इलेक्सन भए आफुहरु मान्न तयार रहेको पनि बताए । ‘अर्ली इलेक्सन भए ठिकै छ, तर यो सरकारले देशको असाधारण बहुमूल्य समय खेर फालिरहेको छ । हामीलाई सवै तहका चुनावमा विजयी चाहियो । हाम्रो निशाना चुनावको तयारी’, कार्यकर्तालाई ओलीको निर्देशन छ ।
ओलीले सरकार आलोचना गर्न पनि लायक नरहेको टिप्पणी गरे । सरकारको सय दिन पूरा भइरहँदा पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले शेरबहादुर देउवा नेतृत्वको सरकार आलोचना गर्न पनि लायक नरहेको टिप्पणी गरेका हुन् ।
ओलीले नेता बिग्रिए माओवादी अध्यक्ष प्रचण्ड र एमाले छोडेका माधव नेपालजस्तो हुने टिप्पणी गरेका छन् । उनले नेपाल र प्रचण्ड दुवै दक्षिणपन्थी कित्तामा पुगेको भन्दै उनीहरु वामपन्थी हुनै नसक्ने दावी गरे । ओलीले वामपन्थीको सरकार ढलाएर दक्षिण पन्थीको सरकार बनाउने कम्युनिस्ट हुनै नसक्ने दावी गरे । उनले एमालेले गलत प्रवृत्तिविरुद्ध लडिरहेको र आगामी दिनमा पनि लड्ने भन्दै त्यसको विजयका लागि पार्टीलाई एकतावद्ध राख्नुपर्ने बताए ।
‘पार्टीभित्र गलत प्रवृति झाँगिएका छन् । गलत प्रवृत्तिविरुद्ध जुध्नुपर्छ । पार्टीमा एक स्वर हुनुपर्छ । एकजुट हुनुपर्छ । कमिटीमा एउटा निर्णय गर्यो भने मैले त यसो भनेको छु भन्नु व्यक्तिवादी हुन्छ । कमिटीका निर्णय एकसाथ र एक स्वरले यस्तो निर्णय गरेको छ भन्नुपर्छ’, कार्यकर्तालाई निर्देशन दिँदै उनले भने, ‘पार्टीभित्र मतभेद बढाउने क्रियाकलाप गर्नुहुँदैन । हाम्रो तौरतरिका मिलनसार हुनुपर्छ ।’
उनले माधव नेपालको जस्तो चरित्र एमालेमा हुन नहुने बताए । ‘माधव नेपालको जस्तो चरित्र हामीले देखाउने हो रु विरोधीका पाउ मोल्ने, म्याउम्याउ गर्ने रु’, ओलीको प्रश्न छ । उनले पार्टीको ध्येय विजयी र सफलता प्राप्ति भएको भन्दै हिजो पार्टीमा अन्तर्घाती, अराजक प्रवृति माधव नेपालहरुले भित्र्याएको बताए ।
‘माधव नेपाल हेर्नुस् न त आफ्नो सरकार ढाल्न, अनि वामपन्थी सरकार ढालेर दक्षिणपन्थीको पाउमा रु यस्ता पनि वामपन्थी हौं भन्छन् रु दक्षिणपन्थी अवसरवादका विरोधमा लड्ने रे रु’, ओलीले माधव नेपालप्रति व्यङ्ग्य गरे । उनले एमालेको बाढी कसैले छेक्न नसक्ने भन्दै अहिले आफुहरुलाई कोही कसैले मिल्दा र मिलाउँदा आपत्ति नभएको पनि बताए । वामपन्थी एकताको प्रसंग निकाल्दै ओलीले भने, ‘तर मिलाउन लायक कोही छैन । वामपन्थी सरकार ढाल्नेसँग मिल्ने ?’
उनले हिजो र आजका प्रचण्ड हेर्न कार्यकर्ताहरूलाई सुझाव पनि दिए । उनले अहिलेको सरकार आलोचना गर्न लायक समेत नभएको टिप्पणी गरे । ‘हेर्नुस त हिजोको यत्रो दलको प्रचण्ड, टुटु टु गर्छन् हालत यस्तो छ । आन्दोलनप्रति, विचारको निष्ठा भएन भने यस्तो हुन्छ’, ओलीको भनाइ छ ।
ओलीले पार्टीमा १० बुँदे कार्यान्वयन नभएको भन्ने नेताहरुलाई पनि जवाफ दिए । ‘के को दश बुँदे रु हामीले अझैपनि माधव नेपालसँग झुक्किएर गएकालाई आउ भनिरहेका छौँ । तर, माधव नेपाललाई नो इन्ट्री ।’ उनले नेकपा एमालेमा माधव नेपाललाई प्रवेश नदिने पटक–पटक दोहोर्याए ।
‘के नेकपा एमाले डम्पिङ साइट हो रु यो पार्टी त पवित्र हो’, नेता नेपाललाई उनले कुहिएको आलुको संज्ञा पनि दिए । ‘उनले सोचेका होलान् वामदेवले ५४ मा फुटाएर पनि ५८ मा लिएका थियौ । माधवले जस्तो अपराध वामदेवले गरेका थिएनन्’, ओलीको भनाइ छ ।