शनिबार, साउन ९ २०८३
ताजा अपडेट

पहिरोले पुरै गाउँ पुर्‍यो २३ जना बेपत्ता, २ जनाको सब भेटियो


  • बुधबार, कार्तिक ३ २०७८
7.9K
SHARES

संकेत तस्बिर

बझाङमा पहिरोले पुरै गाउँ पुरेको छ । गाउँ पुरिँदा २३ बेपत्ता भएका छन् । बेपत्ता मध्य २ जनाको सब फेला परेको छ ।

हेलिकप्टरमार्फत् नेपाली सेना सहितको टोली घटनास्थल डिख्लामा पुगेको छ।

सो टोलीले  घटना भएको ७२ घण्टापछि बेपत्ता भएकामध्ये दुई जनाको शव फेला पारेको हो।

शव फेला पर्नेमा नरे पार्कीका ७ वर्षीया छोरा आयुष पार्की छन् भने अर्काे एक जनाको सनाखत हुन बाँकी छ। अहिले पानी पर्न कम भएकोले खोजी कार्यका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी घटनास्थलमा खटिएका छन्।

आइतबार रातिदेखि परेको पानीले मंगलबार थलारा गाउँपालिका –४ डिख्लामा पहिरो खस्दा उनीहरू बेपत्ता थिए।

बेपत्ता हुनेमा एकै परिवारका १८ जना सदस्य र अर्काे परिवारका ५ जना छन्।

यस्तै, मल्लो डिख्लाका १ सय ४८ घरधुरीका ७ सय ५४ जना विस्थापित भएका छन्। उनीहरू अहिले विद्यालयमा, पसल र पहिरो जोखिम नभएका घरमा बसेका छन्।

विस्थापित भएकालाई खान, बस्न गाह्रो भइरहेको  स्थानीय शिक्षक मदन साउदले बताए। उद्दार टोलीले विस्थापितका लागि राहत सामग्री र औषधी समेत त्यहाँ लगेको जनाइएको छ। बेपत्ता भएकामध्ये अझै २१ जना फेला पर्न सकेका छैनन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा