शनिबार, कार्तिक ८ २०८३
ताजा अपडेट

बुद्धि बिग्रिए प्रचण्ड–माधव हुन्छन्, माधवलाई एमालेमा नो इन्ट्री : ओली


  • बुधबार, कार्तिक ३ २०७८
11.2K
SHARES

तस्विरः फाइल

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता बिग्रिए माओवादी अध्यक्ष प्रचण्ड र एमाले छोडेका माधव नेपालजस्तो हुने टिप्पणी गरेका छन् । उनले नेपाल र प्रचण्ड दुवै दक्षिणपन्थी कित्तामा पुगेको भन्दै उनीहरु वामपन्थी हुनै नसक्ने दावी गरे ।

बुधबार एमाले वागमती प्रदेश कमिटीको अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले वामपन्थीको सरकार ढलाएर दक्षिण पन्थीको सरकार बनाउने कम्युनिस्ट हुनै नसक्ने दावी गरे । उनले एमालेले गलत प्रवृत्तिविरुद्ध लडिरहेको र आगामी दिनमा पनि लड्ने भन्दै त्यसको विजयका लागि पार्टीलाई एकतावद्ध राख्नुपर्ने बताए ।

‘पार्टीभित्र गलत प्रवृति झाँगिएका छन् । गलत प्रवृत्तिविरुद्ध जुध्नुपर्छ । पार्टीमा एक स्वर हुनुपर्छ । एकजुट हुनुपर्छ । कमिटीमा एउटा निर्णय गर्यो भने मैले त यसो भनेको छु भन्नु व्यक्तिवादी हुन्छ । कमिटीका निर्णय एकसाथ र एक स्वरले यस्तो निर्णय गरेको छ भन्नुपर्छ’, कार्यकर्तालाई निर्देशन दिँदै उनले भने, ‘पार्टीभित्र मतभेद बढाउने क्रियाकलाप गर्नुहुँदैन । हाम्रो तौरतरिका मिलनसार हुनुपर्छ ।’

उनले माधव नेपालको जस्तो चरित्र एमालेमा हुन नहुने बताए । ‘माधव नेपालको जस्तो चरित्र हामीले देखाउने हो ? विरोधीका पाउ मोल्ने, म्याउम्याउ गर्ने ?’, ओलीको प्रश्न छ । उनले पार्टीको ध्येय विजयी र सफलता प्राप्ति भएको भन्दै  हिजो पार्टीमा अन्तर्घाती, अराजक प्रवृति माधव नेपालहरुले भित्र्याएको बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा