आइतबार, कार्तिक २ २०८३
ताजा अपडेट

दशैँ सकिना साथ एमालेले बोलायो स्थायी कमिटी बैठक, महत्वपुर्ण निर्णय हुने !


  • बुधबार, कार्तिक ३ २०७८
7.4K
SHARES

फाइल तस्विर

काठमाडाैँ । सत्ताबाट बाहिरिए पछि साँगठनिक पुनजागरणमा आक्रामक रुपले लागेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थायी कमिटि बैठक बोलाएको छ ।

 

दशैँ सकिन साथ पार्टीको विविध विषयमा छलफल गर्नका लागी एमालेले बैठक बोलाएको बताइएको छ । मंसिरमा दशौँ राष्ट्रिय महाधिवेशनको चटारोमा लागेको एमालेमा अब धमाधम स्थानिय तहका अधिवेशनहरु आएका छन् ।

 

बिहीबार दिउँसो ३ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्ने गरी बैठक बोलाइएको नेकपा एमालेका केन्द्रीय सदस्य एवं पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। उनका अनुसार बैठकमा पार्टीका स्थानीय अधिवेशन, पालिका अधिवेशन लगायतका विषयमा छलफल हुने कार्यक्रम रहेको छ।

 

स्थायी कमिटीको बैठकमा असोज १५ देखि १७ गतेसम्म आयोजना भएको पार्टीको विधान महाधिवेशनको समेत समीक्षा हुने कार्यतालिका रहेको छ।

 

विधान महाधिवेशन सकिएपछि पार्टीको कुनै तहको बैठक बसेको थिएन। त्यस्तै स्थायी कमिटी बैठकमा आसन्न राष्ट्रिय महाधिवेशनका विषयमा पनि आवश्यक छलफल हुने बताइएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा