शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

मुख्य दलका प्रमुख नेता सबै टेस्टेड, पुराना नेताले राजनीतिबाट सन्यास लिनु पर्ने पक्षमा जनता !


  • बुधबार, कार्तिक ३ २०७८
15.7K
SHARES

मुख्यदलका नेताहरु: दाहाल/ ओली /देउवा /नेपाल

मुलुक गणतन्त्रीय व्यवस्थामा छ । लामो विरासत बोकेको राजतन्त्र हटेर कयौँ जनताको बलिदानबाट प्राप्त गणतन्त्रमा पनि मुख्य दलका मुख्य नेतृत्वको कार्यशैली जनतालाई मन परेको छैन । पद प्रतिष्ठा र कुर्सीका लागि मात्र हान-थाप गरेको आभास जनताले गरेका छन् ।

जनताले विकासको प्रत्याभूति राम्रो सँग गर्न सकिरहेका छैनन् । नयाँ व्यवस्था आए सँगै विकासले गति लिने जनताको आस पुरा हुन सकिरहेको छैन ।  माओवादी ,एमाले र नेपाली काँग्रेसको मुख्य नेतृत्व प्रति नै जनताको विश्वास हट्दै गएको आभास हुन थालेको छ ।

नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा अहिले गठबन्धन सरकार छ । तर यो सरकारले पनि जनभावना अनुरूप काम गर्न नसकेको चर्चा हुन थालेको छ । देउवा पटक पटक प्रधानमन्त्री भएर जनतामा सबैभन्दा धेरै टेस्टेड भएर पनि जनताले उनबाट खासै आस भने नगरेको एक राजनीतिका जानकार बत्ताउँछन् ।

मुख्य दलका सबै नेतृत्व तहका नेताहरू टेस्टेड भएको अवस्था छ । झन्डै दुइतिहाँइको नजिक पुगेर सरकारको नेतृत्व गरेका एमाले अध्यक्ष केपी ओलीले पनि जनभावना समेट्न सकेनन् उनको कार्यकालमा आफ्नै पार्टी फुट्न पुग्यो ओलीबाट जनताले आस गरेका थिए तर विडम्बना उनबाट पनि जनताको आस अनुसारको काम हुन सकेन ।

माओवादी केन्द्रका अध्यक्ष तथा युद्दको नेतृत्व गरेर आएका प्रचण्ड पनि फिक्का साबित भए । जनताले जुन रूपमा आस गरेका थिए दुई पटक प्रधानमन्त्री बन्दा समेत आम सर्वसाधारणले प्रशंसा गर्न लायक काम गर्न उनी पनि चुके ।

नेकपा एमाले फुटाएर एकीकृत समाजबादि पार्टीको नेतृत्वमा पुगेका माधव नेपाल पनि पद र प्रतिष्ठाको फेरिफेरी मात्रै घुमेको देखिन्छ ।जनउत्तरदायी काम भने गर्न नसकेको जनकारहरू बताउँछन् ।

यसरी हेर्दा मुख्य दलका मुख्य नेत्रीत्वनै टेस्टेड भइसकेको अधस्थमा जनताले जनभावना अनुरुप काम गर्ने नयाँ नेतृत्वको खोजी गरिरहेको अहिलेको अवस्था हो । तर नयाँ नेतृत्व आई हाल्ने अवस्था भने नदेखिएका कारण जनता निराश हुने अवस्था सिर्जन भएको छ ।

विभिन्न माध्यमबाट आएको प्रतिक्रिया हेर्ने हो भने पुराना नेताहरूले राजनीतिबाट सन्यास लिएर नयाँ जोस र जागर भएको नेतृत्व सबै दलमा आउँदा मात्रै आम सर्वसाधारण खुसी हुने अवस्था आएको देखिन्छ ।

मुख्य दलका वर्तमान मुख्य नेतृत्वबाटै जनभावना अनुरूप काम हुन नसकेको अवस्थामा जनतामा नैरास्यता उत्पन्न भएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा