काठमाडौँ – दुई दिनदेखि निरन्तर घटिरहेको नेपालको सेयर बजार आजबाट भने बढ्ने भएको छ । बैंकहरुले मनपरी व्याज बढाएपछि बजार घटेर २५११ अंकमा पुगेको थियो ।
नियामक निकाय नेपाल राष्ट्र बैंकले बढेको व्याज फिर्ता गर्न निर्देशन दिएपछि बजारमा उछाल आउने भएको छ । बैंकले मंगलबार क, ख, र ग बर्गका बैंक तथा वित्तीय संस्थाहरुका नाममा सर्कुलर जारी गर्दै ब्याजदर सम्बन्धि नयाँ व्यवस्था गरिदिएको छ ।
Ads By Admana
बैंक तथा वित्तीय संस्थाहरुले कात्तिक १ गतेबाट लागू गरेको निक्षेपको ब्याज दर फिर्ता हुनेगरी राष्ट्र बैंकले ३ बुंदे निर्देशन जारी गरेपछि अन्ततः सबै बैंकले बढाएको ब्याजदर फिर्ता हुने भएको छ ।
आइतबार हिमालयन, एनआइसी एसिया र लक्ष्मी बैंकले ब्याज दर ११ प्रतिशतमाथि प्रकाशित गरेका थिए भने अन्य ९ वटा बैंकले ब्याज १० प्रतिशतमाथि पुर्याएका थिए । यसको चौतर्फी विरोध भएको थियो ।
अव सबैले आफ्नो बढाएको ब्याज फिर्ता गर्नुपर्नेछ ।
राष्ट्र बैंकले जारी गरेको नयाँ निर्देशन अनुसार अबदेखि जुनसुकै निक्षपको ब्याज निर्धारण गर्दा अघिल्लो महिनाको भन्दा बढिमा १० प्रतिशतले मात्र परिवर्तन गर्न पाइने भएको छ ।
अझ खास कुरा त के हो भने राष्ट्र बैंकको यो निर्देशनसँगै संस्थागत मुद्दति निक्षेपकर्ताले पाउने ब्याज अब सर्वसाधारणले पाउनेभन्दा कम हुने भएको छ ।
सर्कुलरको बुँदा नम्बर ३ अनुसार अब सबै बैंकले बढाएको ब्याज घटाउनुपर्ने भएको छ। राष्ट्र बैंकले ३ गते नै ब्याजदर घटाएर यसको जानकारी गराउनु भनी स्पष्ट सर्कुलर जारी गरेको हो ।
आज आक्राषण लाभांश घोषणा गर्ने तयारीमा रहेको नविल बैंकको सेयरमा उछाल आउने छ । बैंकले दिएको जानकारी अनुसार बोनश र नगद गरी करिब ५० प्रतिशत लाभांश प्रस्ताव गर्ने छ ।
त्यस्तै नेपाल लाइफ इन्स्योरेन्सको सेयर पनि आज सर्किट लेभलमा कारोबार हुने अनुमान गरिएको छ । यसले पनि आर्थिक बर्ष ०७६/७७ को मुनाफाबाट आक्रषण लाभांश वितरण गर्ने बताइएको छ । बजार बढ्दा सामान्यतय अरु कम्पनीमा पनि उछाल आउने छ ।