मुलुक गणतन्त्रमा होमिएको लामो समय भई सक्यो । नेपालबाट राजा र राजसंस्था हटेको पनि लामो समय भएर गणतन्त्रले गति लिईसकेको अवस्था छ । तर पूर्व राजा ज्ञानेन्द्र साहाले सामान्य बक्तब्य दिँदा समेत गणतन्त्र हल्लिएको महसुस हुन थालेको छ ।
गणतन्त्र ल्याउन अहम् भूमिका खेलेका दल र दलका नेताहरुनै पूर्व राजको अभिव्यक्ति आउने बित्तिकै प्रतिउत्तर दिन हतारिनुले कतै गणतन्त्रीय व्यवस्था माथि नै प्रश्न खडा भएको त हैन भन्ने जनताको बुझाई हुन थालेको छ ।
मुलुकले नयाँ संविधान पाएको छ । मुलुक गणतन्त्रमा हिँडेको अवस्थामा पूर्व राजा सामान्य नागरिकमा परिणत भई सकेका छन् । दलका नेताहरुले उनका अभिव्यक्तिलाई लिएर तुरुन्तै प्रतिवाद गर्नु अझै दलका नेतालाई गणतन्त्र प्रति विश्वास भई नसकेको एक राजनीतिका जानकार बताउँछन् । उनी भन्छन् अझै राजा र राजसंस्था सँग दलका नेता किन आतिएका हुन बडो अचम्मको विषय भएको उनको ठम्याई छ ।
विजया दशमीको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको एउटा बक्तव्यले गणतन्त्रको जग नै हल्लिएको जस्तो महसुस गरी गणतन्त्रका सुत्रधार मध्यका एक डा बाबुराम भट्टराईको टिप्पणी सुरुमै आयो । पूर्वराजाले देशलाई द्धन्द्धमा लान खोजको भन्दै गणतन्त्रका विरुद्ध आँखा नलगाउँन चेतावनी दिदै भोलीनै गणतन्त्र गएर राजतन्त्र आउँने जसरी बाबुरामको अभिब्यक्ति बडो अचम्मको छ ।
मुलुक बाट राजा र राजसंस्था हटेर मुलुक गणतन्त्रमा गएको अवस्थामा सामान्य नागरिकको हैसियतमा रहेका राजाले वक्तव्य दिँदैमा गणतन्त्रको जग नै हल्लिने कस्तो गणतन्त्र आएको हो भन्दै सर्वसाधारणको गुनासो विभिन्न माध्यमबाट आएका छन् ।
पुर्ब राजाले केही बोले भन्दैमा त्यसले आजको भोलि गणतन्त्र सकिन्छ जस्तो गरेर बाबुराम भट्टराई जस्ता नेताको अभिव्यक्ति आउनुनै आश्चर्यको विषय भएको जानकारहरू बताउँछन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।