शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

विराटनगर जलमग्न, विमानस्थलमा पस्यो खोला


  • बुधबार, कार्तिक ३ २०७८
9.8K
SHARES

फाइल तस्विर

निरन्तरको वर्षासँगै आएको बाढीका कारण विराटनगर महानगरपालिका जलमग्न भएको छ । वर्षाका कारण विराटनगरका १९ वडा वडा जलमग्न भएको हो ।

केसलीया र सिंघिया खोलामा आएको बाढीले विराटनगरका पश्चिम दक्षीण क्षेत्र बढी डुबानमा परेका छन् ।

विराटनगर ९ र १० बाहेक अन्य वडा जलमग्न छन् । १९ वडामध्ये विराटनगर १,२,३,४,६,१२, १६ नम्बर वडा बढी प्रभावित भएको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले जानकारी दिए । मंगलबार राति विराटनगर १ बाट ६ जना र बुधबार बिहान ६ जनाको उद्धार गरिएको थियो ।

मोरङमा केसलीया, सिंघीया, चिसाङ, बक्राहा र नुनसरी खोलामा आएको बाढी बस्तीमा पसेको थियो । बाढीबाट प्रभावित १५ जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय मोरङमा प्रहरी उपरीक्षक जनार्दन जिसीले बताए । उनका अनुसार बाढीबाट विस्तापित भएकाहरूको विवरण संकलन भइरहेको छ ।

विराटनगर, कटहरी, उर्लाबारी, लेटाङ, रतुवामाई, सुनबर्सी नगरका खोला किनारका बस्तीमा बाढी पसेको उनले बताए ।

केसलीया खोलामा आएको बाढी बस्ता खोला हुँदै विराटनगर विमानस्थलमा पसेपछि उडान रद्द भएको छ । बाढीका कारण विराटनगर विमानस्थल जलमग्न छ ।

बाढीका कारण विमानस्थलको रनवे, ट्याक्सी वे, टर्मिनल भवन, क्वाटरमा पानी जमेको विमानस्थल प्रमुख उत्सव खरेलले जानकारी दिए । उनका अनुसार बाढीका कारण उडान तत्काल खुल्न सक्ने अवस्था छैन ।

बाढी पसेपछि बुद्ध र यती एअरले सूचना जारी गर्दै काठमाडौं-विराटनगरका लागि आज निर्धारित सबै उडानहरु रद्द गरेको जानकारी दिएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा