शनिबार, साउन ३० २०८३
ताजा अपडेट

ओलीले राज्यका महत्वपूर्ण निकायहरूमा बनाएको सेटिङ भत्काउँदै देउवा, ओलीका मान्छेको रुवाबासी !


  • बुधबार, कार्तिक ३ २०७८
9.7K
SHARES

शेरबहादुर देउवा / केपी ओली: फाइल तस्बिर

नेकपा एमाले अध्यक्ष केपी ओलीले सरकार सञ्चालन गर्दा राज्यका महत्त्वपूर्ण अङ्गहरूमा नियुक्ति देखि सरुवा बढुवा गरेका थिए । तर वर्तमान सरकारले त्यसलाई निरन्तरता नदिई ओलीले गरेका सेटीङ र सरुवालाई परिवर्तन गर्ने रणनीतिमा देउवा रहेको बुझिएको छ ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भए लगत्तै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यका महत्वपूर्ण निकायहरूमा बनाएको सेटिङ भत्काउने विषय गठबन्धनमा उठे अनुसार नै देउवा ओलीका मान्छेलाई साईजमा राख्ने रणनीतिमा देखिन्छन् ।

ओलीले जहाँ जहाँ आफूनिकटस्थहरु नियुक्त गरे उनीहरूलाई बरखास्त गर्ने देखि स्थायी नियुक्त भएकाहरूलाई सरुवा गर्जनेसम्मको कदमहरू चालिए ।

गठबन्धन सरकार बनेदेखि राज्यका महत्वपूर्ण निकायमा नियुक्तहरू यस क्रममा  धमाधम पदमुक्त हुने र सरुवा गर्ने काम देउवा सरकारले गरेर ओलीका मान्छेको नीद हराम परिदिएको छ ।

मन्त्रिपरिषदले १ कात्तिकमा राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेश सिलवाल, राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेल र युवा तथा साना व्यवसायी रोजकार कोषका कार्यकारी उपाध्यक्ष देवरो रोकालाई बखास्त गरिएका छन् । उनीहरु ओलीको कार्यकालमा नियुक्त भएकाहरु हुन् ।

यसअघि राजनीतिक नियुक्तिका आधारमा राजदूत बनेकाहरु सबै फिर्ता बोलाइएका थिए । यसरी फिर्ता बोलाइएकाहरुमा भारतका लागि तत्कालीन राजदूत निलाम्बर आचार्य, बेलायतका लागि लोकदर्शन रेग्मी, चीनका लागि महेन्द्रबहादुर पाण्डेलगायत छन् ।

सरकार बनेलगत्तै प्रदेश प्रमुखहरु धमाधम हटाइएका थिए । प्रदेश नं १, गण्डकी र लुम्बिनी प्रदेशका प्रमुखहरु हटाएर नयाँ ल्याइएका थिए ।

अर्थ मन्त्रालय र गृह मन्त्रालयका सचिवहरुको सरुवा गरिएको थियो । त्यसपछि सहसचिव देखि प्रमुख जिल्ला अधिकारीहरुको व्यापक सरुवा भयो ।

एका राजनीतिका जानकारका अनुसार सरकार परिवर्तन भएसँगै राजनीतिक नियुक्ति देखि सरुवा बढुवा सरकारले आफू अनुकूल हुने गरी गर्ने परम्परा नेपालमा बस्तै आएको बताउँछन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा