शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

भीमदत्तका तीन बस्ती जोखिममा, २७ सयलाई सुरक्षित स्थानमा सारियो


  • बुधबार, कार्तिक ३ २०७८
9.4K
SHARES

फाइल तस्विर

अविरल वर्षासँगै महाकाली नदीमा आएको बाढीले कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ र १३ मा पर्ने बस्तीहरु जोखिममा परेका छन् । ओदाली, बडैपुर र पिपरैया गाउँ बढी जोखिममा परेका हुन् ।

यी गाउँसहित वडा नम्बर ९ र दोधाराचाँदनी नगरपालिका–१० का करिब २७ सय मानिसलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ ।

महाकाली नदीमा पानीको बहाव घट्दै गए पनि ‘भाइरल रोड’ भनेर चिनिने कालोपत्रे सडक कटान गरिरहेकाले बस्तीमा बाढी पस्ने जोखिम बढेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले बताए । त्यसैले तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने काम निरन्तर भइरहेको जानकारी उनले दिए ।

कञ्चनपुरमा भीमदत्त नगरपालिका र दोधाराचाँदनी नगरपालिकाका झण्डै तीन सय घर डुबानमा परेका छन् ।

निर्माणाधीन चार लेनको महाकाली पुलको पहुँच मार्गका रुपमा निर्माण भइरहेको ६ लेनको कालोपत्रे सडक मंगलबार रातिको बाढीले कटान गरेर बगाएको छ । यो सडक ‘भाइरल रोड’ले परिचित छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा