शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

बेमौसमी वर्षाले गर्न सम्म गर्‍यो, ३० को मृत्यु ३१ जना सम्पर्क विहीन !


  • बुधबार, कार्तिक ३ २०७८
7.5K
SHARES

फाइल तस्विर

बेमौसममा परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परेर मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ । कार्तिक १ गते देखी लगातार परेको पानीका कारण देशभर ३० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रदेश–१ र सुदूरपश्चिममा धेरै क्षति पुगेको छ । बाढी र पहिरोमा परेर २६ जना घाइते भएका छन् । ३१ जना सम्पर्क विहीन छन् । सम्पर्क विहीनहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

डोटी जिल्लामा सबैभन्दा धेरै ८ जनाको मृत्यु भएको पुष्टि भएको छ । बैतडीमा ३ जना, डडेलधुरामा २ जना,  कालिकोटमा १ जना, धनकुटामा  ६ जना र सुनसरीमा दुई जनाको मृत्यु भएको छ । मनसुनका कारण इलाममा २ जनाले ज्यान गुमाएका छन् ।

गृहमन्त्रालयको विपद् व्यवस्थापन महाशाखाले दिएको जानकारी अनुसार ४०० जना विस्थापित बनेका छन् । प्रदेश १ मा मात्रै २२ जनाको मृत्यु भएको महाशाखाको भनाइ छ । नेपालमा असोज ३१ देखी  पानी पार्ने प्रणाली सक्रिय भएको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा