शनिबार, साउन ३० २०८३
ताजा अपडेट

केपी ओलीले चलाए कोमल वलीमाथि डण्डा, एमालेमा खैलाबैला


  • मंगलबार, कार्तिक २ २०७८
15.5K
SHARES

फाइल तस्विर

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले अत्यन्तै माया गरेकी चेलीलाई धोका दिएका छन् । विद्यानमै व्यवस्था गरेर ओलीले राष्ट्रिय सभाकी सदस्य कोमल ओलीको राजनीतिमाथि धावा बोलेका छन् ।

विद्यानमा गरेको व्यवस्था अनुसार वली अब नेकपा एमालेको केन्द्रीय सदस्य बन्न नपाउने भएकी छन्।

एमालेको नयाँ विधान महाधिवेशनले केन्द्रीय सदस्य बन्नका लागि न्यूनतम् योग्यता तोकेपछि वली आगामी दशौं महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवार बन्न नपाउने भएकी हुन्।

एमालेको विधानमा एमाले महाधिवेशन प्रतिनिधि बन्न पार्टी सदस्य भएको १० वर्ष पुग्नुपर्ने र महिलाको हकमा ७ वर्ष कायम गरिएको छ। तर, वलीको हकमा यी दुवै योग्यता कमी छ।

उनी आगामी एमालेको दशौँ महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवारी दिनबाट बञ्चित हुने भएकी छन्। कोमल वली २०७४ सालमा राप्रपा छोडेर एमाले प्रवेश गरेकी थिइन् ।

वली एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट मानिन्छन् ।

वलीसँगै जनता समाजवादी पार्टी (जसपा)बाट एमालेमा आएका शिवजी यादव र राजकुमार लेखी, पूर्वउपसभामुख गंगा यादव पनि एमालेको केन्द्रीय सदस्य बन्नबाट बञ्चित हुने भएका छन् ।

वलीले एमाले प्रबेश गरे लगत्तै राष्ट्रिय सभा सदस्य बनाइदिएका थिए । राप्रपाबाट प्रतिनिधि सभाको निर्वाचन लड्न ठिक्क परेकी वलीलाई ओलीले फकाएर एमाले प्रबेश गराएका थिए ।

दाङकी वली लामो समय रेडियो नेपालमा समाचारवाचिको भुमिकामा सरकारी जागिरे भएर काम गरेकी थिइन् । पछि राप्रपामार्फत राजनीतिक जग बसालेकी उनी अन्तमा एमाले प्रबेश गरेकी हुन् ।

उनी लोकदोहारी गायीका समेत हुन् । उनका धेरै गीतको चर्चा र धेरै गीतको आलोचना भएको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा