शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

गृह मन्त्रालयमा प्रकाण्ड


  • मंगलबार, कार्तिक २ २०७८
10.6K
SHARES

काठमाडौँ — नेपाल कम्युनिस्ट पार्टी प्रबक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) गृह मन्त्रालय पुगेका छन् । नेकपाका नेता तथा कार्यकर्ताहरु रिहा तथा नेतामाथि लागेका झुठा मुद्धा फिर्ता बारे छलफल गर्न प्रकाण्ड गृह मन्त्रालय पुगेका हुन् ।

गृहमन्त्री बालकृष्ण खाँणसँग तीन बुँदे सहमति कार्यान्वयन गर्ने सन्दर्भमा छलफलका लागि उनी मन्त्रालय पुगेका हुन् ।

सरकारका तर्फबाट गृहमन्त्री खाँण, गृह सचिव टेकनारायण पाण्डे, कानुन सचिव उदयराज सापकोटा र महान्यायाधिवक्ता खम्बबहादुर खाती तथा नेकपाका तर्फबाट प्रवक्ता प्रकाण्डबीच छलफल भएको छ ।

सरकार र नेकपाबीच गत फागुन २१ मा तीन बुँदे सहमति भएको थियो ।

सहमतिमा नेकपाका कार्यकर्तामाथिका मुद्दा फिर्ता, शान्तिपूर्ण राजनीति बाटोमा आउने र थुनामा रहेका कार्यकर्ता रिहाइको सहमति भएको थियो । सहमति कार्यान्वयन नभएको नेकपाले असन्तुष्टि जनाएको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा