शनिबार, साउन ३० २०८३
ताजा अपडेट

सुदूरपश्चिम: पहिरोमा परी ३ को मृत्यु, २ घाइते


  • मंगलबार, कार्तिक २ २०७८
11.2K
SHARES

सांकेतीक तस्बिर

सुदूरपश्चिममा पहिरोमा परी ३ जनाको मृत्यु भएको छ भने २ घाइते भएका छन्। यस्तै बाढीमा बगेर १ जना बेपत्ता छन्।

आइतबार राति आएको वर्षातका कारण डोटीको सायल गाउँपालिका–६ मेल्लेख बस्ने वीरबहादुर कुन्जेडाको घर भत्कन गई २ जनाको च्यापिएर मृत्यु भएको छ। ईलाका प्रहरी कार्यालय आदर्श डोटीका अनुसार मृतकको  शव निकालिएको छ।

यस्तै, मंगलबार डडेल्धुरामा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ। गन्यापधुरा गाउँपालिका-१ भात्काँडामा पहिरोमा परी ३२ वर्षीय विष्णु अवस्थीको ज्यान गएको हो।

प्रदेश प्रहरीका कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विक्रम चन्दका अनुसार डडेल्धुराको अमरगढी नगरपालिका-१ मा गएको पहिरोमा परी घाइते भएको अरू २ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।

यसैगरी, गोदावरी नगरपालिका– ८ स्याउलेका ३० वर्षीय गणेश आउजी खुटिया पुलनजिकै ढुंगा निकाल्ने क्रममा खोलाले बगाएर बेपत्ता भएका छन्। उनको प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी गरिरहेको छ।

पहिरोका कारण बझाङमा ३, डोटीमा १ र डडेल्धुरामा २ घर भत्किएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा