शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

बाढी पहिरोमा फसेकालाई उद्धार गर्न प्रधानमन्त्रीको निर्देशन


  • मंगलबार, कार्तिक २ २०७८
7.9K
SHARES

फाईल तस्बिर

प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिमलगायत मुलुकका विभिन्न भूभागमा अविरल वर्षापछिको बाढी, पहिरो र डुबानबाट प्रभावितलाई तत्काल उद्धार र राहतको व्यवस्था गर्न गृहमन्त्री बालकृष्ण खाणलाई निर्देशन दिएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा गृहमन्त्री खाणलाई बोलाएर सो निर्देशन दिएको प्रधानमन्त्री देउवाले बताएका छन्। ‘

सुदूरपश्चिमलगायत मुलुकका विभिन्न क्षेत्रमा अविरल वर्षाका कारण गएको बाढी, पहिरो र डुबानबाट प्रभावितहरूलाई तत्काल उद्धार र राहतको व्यवस्था गर्न गृहमन्त्रीलाई निर्देशन गरेको छु,’ उनले सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेका छन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा