शनिबार, साउन ३० २०८३
ताजा अपडेट

तीन करोड नेपालीका लागि खुशीको खबर, एयरपोर्टमा देखियो जादु


  • सोमबार, कार्तिक १ २०७८
31K
SHARES

फाइल तस्विर

काठमाडौं – तीन करोड नेपली जनताका लागि खुशीको खबर छ । संस्कृति पर्याटन तथा नागरिक उड्यन मन्त्री प्रेम आलेले सबै नेपाललाई खुशी बनाएका हुन् ।

खुशी यस मानेमा की विदेशबाट आउने यात्रुहरु (स्वदेशी होस् वा विदेशी)को पहिलो नजर एर्पोटमा पर्ने गर्छ । त्यही एर्पोट सुधारका लागि संस्कृति, पर्याटन तथा नागरिक उड्यन मन्त्री आले एक्सनमा उत्रिएका छन् ।

बेलाबेला चर्चामा आइरहने मन्त्री आलेले फिल्डमै पुगेर एक्सन लिएका हुन् । मन्त्री बनेपछि आलेले जनताका पक्षमा धमाका देखाउन थालेका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलर्मै पुगेर आलेले त्यहाँ भएका कमी–कमजोरीलाई अन्त्य गर्ने प्रतिवद्धता जनाएका छन् ।सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको छड्के अनुगमनमा पुगेका मन्त्री आलेले विमानस्थलमा यात्रुलाई कुनै असहज हुन नदिने बताए ।

अनुगमनका क्रममा विमानस्थलमा ट्याक्सीले मिटरमा यात्रु नबोक्ने, सरसफाइ नभएको, यात्रुहरुलाई चिया, कफिमा समेत शुल्क महङ्गो लिने गरेको, कर्मचारीले आफ्नो जिम्मेवारी पूर्णरुपमा पालना नगरेको पाइएकाले भन्दै उनले कमजोरीलाई अन्त्य गरिने बताए ।

मन्त्री आलेले आइतबार काठमाडौँबाट भोजपुरका लागि उडेको नेपाल वायु सेवा निगमको जहाजले केही यात्रु उडाएको र केही यात्रु छोडेकाले सो विषयमा नेपाल वायु सेवा निगमका महानिर्देशकसँग लिखित जवाफ माग गरेको समेत जानकारी दिए ।

उनले गल्ती गर्नेलाई कारवाही गर्न निर्देशन दिएको बताए । आइतबार छुटेका यात्रुलाई सोमबार गन्तब्यमा पुर्‍याइएको छ । मन्त्री आलेले नेपाल वायु सेवा निगमलाई हवाइ टिकटका लागि ई–टिकेट (अनलाइन) को व्यवस्था गर्न निर्देशनसमेत दिएका छन् ।

अनुगमनकै क्रममा मन्त्री आलेले आफू पदमा रहुन्जेलसम्म नेपाल वायुसेवा निगमलाई माथि उठाउन लाग्ने बताए । अबका दिनमा अन्तराष्ट्रिय विमानस्थलमा यात्रुहरुले कुनै पनि समस्या नपाउन भन्दै सोही अनुसार काम गर्न उनले कर्मचारीलाई निर्देशन दिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज पार्किङका लागि निकै साघुँरो तथा असहज भएकाले यहाँका जहाज धनगढी, नेपालगञ्ज, पोखारा, भैरहवा, बिराटनगर लगाएका बिमानस्थलमा पार्किङको व्यवस्थाका लागि पहल भइरहेको समेत उनले जानकारी गराए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा