शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

माधव नेपालले दिए आफ्नो सम्धीलाई यति ठूलो जिम्मेवारी, पार्टीमा खैलाबैला


  • सोमबार, कार्तिक १ २०७८
12.3K
SHARES

फाईल तस्बिर

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्ना सम्धीलाई महत्वपूर्ण जिम्मेवारी दिएका छन् । यो विषयले पार्टी भित्र ठूलै तहल्का पिटेको छ ।

पार्टीमा आर्थिक विभाग प्रमुखको जिम्मेवारी सम्धी सोमप्रसाद पाण्डेले पाएका छन् । उनले पाल्पा जिल्ला इन्चार्जकोसमेत गरी दोहोरो जिम्मेवारी दिइएको छ ।

पाल्पाबाट प्रत्यक्ष निर्वाचित सांसद पाण्डे नाताले नेकपा एसका अध्यक्ष माधवकुमार नेपालका सम्धी हुन् । नेपालकी छोरी पाण्डेका छोराले विवाह गरेका छन् ।

पाण्डे माधव नेपालका विश्वासपात्र समेत मानिन्छन् । नेकपा एमाले विभाजन भई नेकपा एकीकृत समाजवादी निर्वाचन आयोगमा दर्ता हुँदा पाण्डेको हस्ताक्षर थिएन । पछि मात्र पाण्डेले हस्ताक्षर गरेका थिए ।

यो मुद्दा अदालतमा विचाराधीन छ । त्यस्तै कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही नेतृत्वको सरकार जोगाउन प्रकाश ज्वालाले महत्वपूर्ण भूमिका खेलेका थिए ।

उनकै नेतृत्वमा तत्कालीन नेकपा एमालेका प्रदेश सांसदहरुले फ्लोर क्रस गरेर शाहीलाई विश्वासको मत दिएका थिए । नेपालको इतिहासमा पहिलोपटक फ्लोर क्रसको घटना रोचक तरिकाल घट्यो ।

त्यसपछि नेकपा एमालेले कारबाही गरेर ज्वाला सांसदबाटै पदमुक्त भए । माधवकुमार नेपालको विश्वासपात्र मानिएका ज्वालाले नेकपा एसको जिम्मेवारी बाँडफाँडमा महत्वपूर्ण उपलब्धि हासिल गरेका छन् ।

उनी यसअघि नै उपमहासचिव बनाइएका थिए । महासचिव डा. वेदुराम भुसालले संगठन विभाग प्रमुखको जिम्मेवारी पाउँदा ज्वालाले सोही विभागको उपप्रमुखको जिम्मेवारी पाए ।

सबैभन्दा महत्वपूर्ण प्रकाश ज्वाला कर्णाली प्रदेश नेकपा एसको इन्चार्ज बनाइएको छ । यसलाई अर्थपूर्ण मानिएको छ । नेपाल नेपालले फ्लोर क्रसको पुरस्कार स्वरुप ज्वालालाई एकैपटक तीनवटा जिम्मेवारी दिएको चर्चा चलेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा