लामो समयको किचलो झेलेको एमाले अहिले लयमा देखिन थालेको छ । विधान महाधिवेशन सम्पन्न गरे सँगै आगामी मंङसिरमा हुन लागेको पार्टीको महाधिवेशनमा एमाले पार्टी र पार्टीका नेताहरु केन्द्रित हुन थालेका छन् ।
विधान महाधिवेशन बाट आगामी एक कार्यकाल बर्तमान पार्टी अध्यक्ष केपी ओली नै दोहोरिने इच्छा अनुरूप ओली सर्वसम्मत उम्मेदवारको चर्चा चलेका बेला पार्टी उपाध्यक्ष भिम रावल र उपमहासचिव घनश्याम भुसालले अध्यक्षको लाइनमा रहेको सङ्केत गरेका छन् ।
नवौँ महाधिवेशन बाट कडा प्रतिस्पर्धाका विच एमालेको अध्यक्ष बनेका केपी ओली दशौँ महाधिवेशनमा पनि एक कार्यकाल थप अध्यक्ष बन्ने गरी अघि बढेका छन् ।
ओलीलाई चुनौती नै दिने गरी बलियो प्रतिस्पर्धी देखिन भने सकेका छैनन् । तर रावल र भुसालले त्यसै ओलीलाई नछोड्ने रणनीति अपनाएको स्रोत बताउँछ ।
उपाध्यक्ष भीम रावल र पार्टी उपमहासचिव घनश्याम भुसालबिच पार्टी अध्यक्ष बन्नका लागि दौडमा सहभागी भएको एक जानकार बताउँछन् ।
भुसालले ‘जसको नीति उसकै नेतृत्व’को सिद्धान्त अनुसार मङ्सिरमा हुन लागेको दसौँ महाधिवेशनमा अध्यक्षका लागि प्रतिस्पर्धा गर्ने सङ्केत गरेका छन् भने रावल त यसअघि नै अध्यक्षमा उठ्न सक्ने भन्दै सार्वजनिक रूपमै सिग्नल दिइसकेका छन् ।
यसरी हेर्दा ओलीका अगाडि दुवै उम्मेदवार फिक्का भए पनि रावल र भुसालले ओलीलाई सर्वसम्मत अध्यक्ष बन्न नदिने दाउमा रहेको स्रोत बताउँछ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।