गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय कैलालीसहित विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको छ।
गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णय गर्दै आइतबार सिडिओहरू हेरफेर गरेका हुन्।
सहसचिव किरण थापालाई कैलालीको सिडिओ बनाइएको छ भने कैलालीका सिडिओ सहसचिव खगेन्द्रप्रसाद रिजाललाई गृह मन्त्रालय ल्याइएको छ। मुस्ताङको सिडिओ उपसचिव नेत्रप्रसाद शर्मालाई बनाइएको छ।
डोल्पा, स्याङ्जा, सिन्धुपाल्चोक, अर्घाखाँची र पाल्पामा गृहले सिडिओ हेरफेर गरेको छ।

खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।