काठमाडौं – शहरी विकास मन्त्री रामकुमारी झाक्री एकाएक वामदेव गौतमको घरमा भेटिएकी छिन् । नेकपा एमालेका पूर्वउपाध्यक्ष गौतमको घरमा झाँक्री देखिनु धेरैले आश्चर्य मानेका छन् ।
नेकपा एकीकृत समाजवादीकी सचिव पनि रहेकी झाँक्री दशैंको टिका लगाउन गौतम निवास पुगेकी हुन्।
नेकपा एमाले विभाजित भएपछि गौतमले एमालेको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएका थिए। तर उनी एमाले फुटेर बनेको नेकपा एसमा भने गएका छैनन् ।
नयाँ पार्टी नेकपा एसमा गौतमलाई भित्र्याउने प्रयास भए पनि त्यो सफल हुन सकेको छैन् ।
त्यसैको प्रयासका लागि रामकुमारी दसैंको टिका लगाउने बहानामा कोटेश्वर पुगेकी हुन् । उनको यो प्रयास पनि सफल नभएको श्रोतको दावि छ ।
केही दिन अघि मात्रै शहरी विकास मन्त्री बनेकी झाँक्री गौतम निवास पुग्नुलाई विशेष चासोका रुपमा हेरिएको छ।
यसअघि गौतमको नेतृत्वमा एमाले विभाजन भएर माले बन्दा झाक्री गौतमसँगै थिइन्।
उनी यतिबेला पनि विभाजन भएर बनेको नयाँ पार्टीमा हुन्।
नयाँ पार्टी गठनका लागि निर्वाचन आयोगमा आवेदन दिन जाँदा माधव नेपालको हात समातेर डोर्याएको घटनापछि झाँक्री थप चर्चामा आएकी थिइन्।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।