मंगलबार, मंसिर १४ २०७८
ताजा अपडेट

माओवादीकै यी नेताले काटिदिए प्रचण्डको नाक, माओवादीको गडमै धक्का


  • KTM Khabar
  • आइतबार, असोज ३१ २०७८
2.7K
SHARES

फाईल तस्बिर

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नाक काटिदिएका छन् । महिनैपिच्छे हेलिकोप्टरमा विनाकाम आहोर दोहोर गरेपछि माओवादीको गडमै प्रचण्डको नाक काटिएको हो ।

शान्नीत्रिवेणी २ का अनिलवहादुर बिष्टले गरिवले उपचार नपाउने र मुख्यमन्त्रीले महिनैपिच्छे हेलिकोप्टर चार्टर गर्नुले गरिव देशका धनीमन्त्री भनेजस्तै भएको वताए ।

उनले आफ्नो वहिनी दुई महिना अगाडि भिरवाट लडेर गम्भीर घाईते हुँदा कालीकोट अस्पतालबाट बाहिर लिन एम्वुलेन्ससम्म नपाएको घटना कोट्टाउदै भने, ‘सेवा सुबिधा त नेता हुनेका लागि मात्र रहेछ । जसले भोट दिए उनीहरुका लागि त देशमा लोकतन्त्रसमेत नभएको भन्दै राजा भन्दा पनि महाराजको शासन नेपालमा सुरु भएछ ।’

मुख्यमन्त्रीमा आसिन शाहीको जिल्लामा विकासे काम भनेका स्थानीय सरकारले रेखा कोरेको सडक मात्र हुन । तर हेलिकोप्टर भने महिनाको एक पटक आकाशमा उडाउने गरेका छन् ।

महिनैपिच्छे हेलिकोप्टरमा सवार मुख्यमन्त्री शाहीका सहयात्री पनि थपिएका छन । एमाले सरकारवाट बाहिर गएका वेला अल्पमतमा परेका शाहीलाई फलोरक्रस गरेर पद जोगाउने तत्कालिन एमाले सासद कुर्मराज शाही सहयात्रीका रुपमा हेलिकोप्टर चार्टरका मियो बने ।

गाउँमा सामान्य विद्यालयको भवन सिलान्यासदेखि नजिकको कार्यकर्ताको आफन्तको दुःखद क्षणमा पनि हेलिकोप्टर चार्टर हुन थालेपछि कालीकोटका नागरिक दिक्क भएका छन ।

‘विकासको नाममा केही देखेका छैनौ । तर प्रतिमहिना हेलिकोप्टरमार्फत मुख्यमन्त्री आउनु हुन्थ्यो, आज भोली दुई जना मन्त्री भएपछि त झनै पानीको पधेरो जस्तै भएको छ,’ स्थानीयले भने । रास्कोट नगरपालिका वडा नं २ का नमराज चौलागाईले मन्त्रीद्वयमा अतिवाद हावी भएको वताए ।

‘पदको चरम दुरुपयोग नै भन्नुपर्छ । वाढी पहिरो, आगलागीमा आउनुभयो, यसमा हामीले पनि राहतको महसुस गरेका थियौँ । पछिल्लो समय त आफ्ना पार्टीका वडा भेला, विद्यालयको भवन सिलान्यस देखि श्रद्धाञ्जली सभामा समेत हेलिकोप्टर चार्टर गरी आउदा हामीमात्र होइन, सारा मतदातालाई समेत वाक्क दिक्क भइसकेका छन् ।’ उनले भने ।

मुख्यमन्त्री र मन्त्रीको हेलिकोप्टर मोहका वारेमा प्रतिपक्षले बिरोध गर्नु स्वाभाविक मानिन्छ । तर कालीकोटका मन्त्रीकै पार्टीका कार्यकर्ता समेत दिक्क छन । ‘हामी के भनौं, मन्त्री भएपछि सबै थोक छुट हुने रहेछ,’ एक माओवादी कार्यकर्ताले भने, ‘बिरोध गरौं भने हामीलाई त कार्वाही हुन्छ, त्यसैले मन नपरेपनि ठिक छ भन्दै फुलमाला लिएर पहिराउनुको बिकल्प छैन ।’

उनले वडा भेलादेखि रास्कोट नगरपालिका वडा नं ४ की आफन्त जनपुरा शाहीको १३ औँ दिने पुण्य तिथिमा हेलिकोप्टर चार्टर गरेर मुख्यमन्त्री आएको वताए । उनले भने, ‘तपाईहरुले देखिरहनु भएको होला फेसवुकमा फोटा हालिएका छन् ।’

वडिमालिकाको दर्शनदेखि श्रद्धाञ्जली सभासम्म हेलिकोप्टर चार्टर हुने गरेका छन । गत शनिवार मात्र जिल्लाका पाँच वडा स्थानीय तहको भ्रमण हेलिकोप्टरमार्फत गरिएको थियो । यसको खर्च स्थानीय तहले दिन्छ या मुख्मयन्त्रीको कार्यालय त्यो भने कसैले पनि खुलाउदैनन । स्थानीय तहले हामीले खर्च गरेर ल्याएको भन्छन भने केहीले स्थानीय सरकारको नभएर सबै प्रदेश सरकारको खर्च भएको वताउँछन ।

पक्ष बिपक्षमा कार्यकर्ता, मुख्यमन्त्री र मन्त्रीले हेलिकोप्टर चढेर वडा भेलामा गएको विषयमा पक्ष र बिपक्षमा बहसचलिरहेको छ । स्थानीय नागरिकदेखि बिपक्ष दलका समर्थक कार्यकर्ताले राज्यको सम्पती दोहोन गरी संगठन बिस्तारमा लाग्नु पदीय मर्यादा बिपरित भएको भनेर आलोचना गरिरहेका छन ।

तर मन्त्री पक्षधर नेकपा माओवादी केन्द्रका कार्यकर्ता र नेकपा एसका कार्यकर्ताले भने क्षमता हुनेले हेलिकोप्टर चढ्ने भन्दै वचाउ गरिरहेका छन । सत्ता पक्षका कार्यकर्ताले क्षमता भए तिमिहरु चढेर देखाउ भन्दै समाजिक सञ्जाल रंगाएका छन भने प्रतिपक्षले जनताको ठाउँमा ऋणको भारी वोकाएर हेलिकोप्टवाटै आकासको वाटो आउजाउ गर्नेहरुले सर्वहाराको हवला नदिन भनेर आलोचनासंगै बिरोध पनि गरेका छन ।

स्थानीय तहको चुनाव नजिकै आएको वेला मुख्यमन्त्री शाही गृहजिल्लामा विभिन्न सरकारी कार्यक्रमको उद्घाटन तथा शिलान्यासमा आउनुले जिल्लावासीलाई चुनाव लागेको अनुभुती भईरहेको छ ।

सरकार बचाउन व्यस्त रहेको कर्णाली प्रदेश सरकारले आफ्नो मुख्य प्रथामिकतामा राखेका कामहरु अलपत्र पारेर हेलिकप्टरमा गृह जिल्लाका विभिन्न कार्यक्रमको उद्घाटनमा व्यस्त देखिनुलाई चुनावी अभियानको सुरुवात मान्न सकिन्छ । मुख्यमन्त्री शाहीले वडाका भेलामा गएर चुनाव त सर्छहोला तर तयारी गर्नुपर्ने वेला आएकाले सबै सदस्यता नविरकण कार्यकर्ता वढाउने काममा लाग्न निर्देशनसमेत दिने गरेका छन ।

शनिबार मात्र मन्त्री शाहीले गृह जिल्लामा हेलिकप्टर मार्फत आफु सहित कृषिमन्त्री कुर्मराज शाही, सांसद बिन्दमान विष्टसहित एकैदिन ५ वटा कार्यक्रममा सहभागी भएको थिए । रास्कोट ४ को श्रद्धाञ्जली सभा, वडा भेला, तिलागुफामा खेलकुद प्रतियोगिताको उदघाटन, शुभकालिकाको एक लघु जलबिद्युतको उद्घाटनदेखि नरहरीनाथ गाउँपालिकाको लालुमा सडक पुगेको घोषणा गर्नसम्म पुगेका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा