मंगलबार, मंसिर १४ २०७८
ताजा अपडेट

किन नेपाल आउँदै छ भारतीय उच्च सैनिक टोली ?


  • KTM Khabar
  • आइतबार, असोज ३१ २०७८
1.1K
SHARES

फाइल तस्विर

भारतको नयाँ दिल्लीस्थित नेशनल डिफेन्स कलेजमा डिफेन्स कोर्ष गरिरहेका भारतीय सैनिक अधिकारीहरुको टोली नेपाल आउँदै छन् । भारतीय जलसेनाका वरिष्ठ सैनिक अधिकारी धिरेन भिगको नेतृत्वमा ३९ सदस्यिय टोली आइतबार काठमाडौ आउँदै छ ।

सो टोली कार्तिक ६ गते सम्म नेपालमा रहने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । नेपाल बसाइका क्रममा उनीहरुले प्रधानमन्त्री शेरबहादुर देउवा, रक्षामन्त्री मिनेन्द्र रिजाल, अर्थमन्त्री जनार्दन शर्मा र परराष्ट्रमन्त्री नारायण खडकासँग भेट गर्ने कार्यक्रम छ ।

टोलीले जंगी अड्डा भद्रकाली, पोखरास्थित मध्य–कमाण्ड हेडक्वाटर, शिवपुरी स्थित कमाण्ड तथा स्टाफ कलेजको अध्ययन भ्रमण गर्ने छ । उक्त टोली धार्मिक एवं पर्यटकीय क्षेत्रमा समेत जाने छ । उक्त टोलीले पशुपतिनाथ मन्दिर, मुक्तिनाथ मन्दिर, नाम्चे स्थित होटल एभरेष्ट भ्यु र चन्द्रागिरीको भ्रमण गर्ने नेपाली सेनाले जनाएको छ ।

कमाण्ड तथा स्टाफ कलेज गर्ने क्रममा भारतीय र नेपाली सैनिक अधिकारीहरु एक अर्को मुलुक भ्रमण गर्ने परम्परा छ । सोही परम्परा अनुशार भारतीय टोली काठमाडौ आएको हो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा