मंगलबार, मंसिर १४ २०७८
ताजा अपडेट

पुरानै लयमा फर्कियो काठमाडौँ, दशैमा बिदा भएका अफिस सबै खुले !


  • KTM Khabar
  • आइतबार, असोज ३१ २०७८
1K
SHARES

फाईल तस्बिर

दशैँ बिदा भएर बन्द रहेको सबै अफिस सबै आजबाट पहिलेकै अवस्थामै खुलेका छन् । सरकारी बिदा सकिए संगै काठमाडौँ पुरानै लयमा फर्कन सुरु गरेको हो । दशै बिदा लिएर घर गएका कर्मचारीहरू पनि आज बाट क्रमशः काठमाडौँ आउने क्रम जारी रहेको छ । सरकारी निकायका काम कारबाही भने आज बाटै यथावत सुरु भएका छन् । सेवा ग्राहीले आजबाटै सुविधा लिन सक्ने छन् ।

दशैं मनाउन गाउँघर गएकाहरु काठमाडौं उपत्यका भित्रिने क्रम जारी छ । काठमाडौंका कलंकी, बल्खु, कोटेश्वर, बालाजु लगायतका नाकाहरुमा दशै मनाएर राजधानी फर्कनेहरुको भिड बढेको देखिन्छ । मानिसहरूको भिडभाडले काठमाडौं पुरानै लयमा फर्किन थालेको आभास मिल्छ ।

काठमाडौं उपत्यकामा आइतबारबाटै चहलपहल बढेको देखिएको थियो । सडकहरुमा गाडीको संख्या पनि बाक्लिंदै गएको थियो । सवारी साधनको चहलपहल बढे पनि सडकमा जाम हुने गरी चाप भने अझै नभइसकेको ट्राफिक प्रहरीले जनाएको छ ।

यद्यपि आज टीकाको तेस्रो दिन पनि मान्यजन तथा आफन्तबाट टीका थाप्ने र आशिर्वाद लिने क्रम चलिरहेको छ । टीकाको दिन आफन्त तथा मान्यजनबाट टीका लगाउन नभ्याएकाहरुले कोजाग्रत पूर्णिमाका दिनसम्म टीका थाप्ने प्रचलन छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा