मंगलबार, मंसिर १४ २०७८
ताजा अपडेट

भारतले जित्याे उपाधि


  • KTM Khabar
  • शनिबार, असोज ३० २०७८
1.9K
SHARES

काठमाडौं । माल्दिभ्समा भइरहेको १३ औं संस्करणको साफ च्याम्पियनसिपको भारतले जितेको छ । मालेस्थित नेशनल स्टेडिएयमा शनिबार भएको खेलमा नेपाललाई ३–० गोल अन्तरले हराउँदै भारतले उपाधि हात पारेको हो ।

खेलको ४९ मिनेटमा भारतका लागि कप्तान सुनील क्षेत्रीले पहिलो गोल गरे।

५० मिनेटमा भारतले अग्रता दोब्बर पार्‍यो। सुरेश सिंहले भारतका लागि गोल गरे। मोहमद यासिरले उपलब्ध गराएको पासमा सुरेशले गोल गरे।

भातरका लागि तेस्रो गोल अब्दुल समादले गरे। उनले दोस्रो हाफको इन्जुरी टाइममा रहिम अलीको पासमा गोल गर्दै भारतको जित पक्का गरेका थिए।

यसअघि साफको फाइनलमा पुग्न नसकेको नेपालले यसपटकको साफमा फाइनल पुगेर इतिहास बनाएको थियो। तर उपाधि जितेर अर्को इतिहास बनाउन भने नेपाल चुक्यो।

नेपालले यसअघि खेलेका १२ संस्करणमा एक पटक तेस्रो (१९९३) हुँदा तीन पटक सेमिफाइनलबाट (२०११, २०१३, २०१८) बाहिरिएको छ। त्यसबाहेक ८ संस्करणमा नेपालको चुनौती समूह चरणमै समाप्त भएको थियो।

साफको उपाधि भिडन्तमा भएसँगै नेपालले भारतविरुद्ध लगातार नौं खेलसम्म जित निकाल्न सकेन।

नेपालले भारतलाई सन् २०१३ देखि हराउन सकेको छैन। सन् २०१३ मा नेपालमा भएको साफमा नेपालले भारतलाई २-१ ले पराजित गरेको थियो।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा