मंगलबार, मंसिर १४ २०७८
ताजा अपडेट

उपाधिका लागि नेपाल र भारत भिड्दै


  • KTM Khabar
  • शनिबार, असोज ३० २०७८
2.1K
SHARES

फाइल तस्विर

माल्दिभ्समा भइरहेको १३ औं संस्करणको साफ च्याम्पियनसिको फाइनल खेल आज हुने भएको छ । फाइनल खेलमा नेपाल र भारत भिड्दैछन् । माल्दिभ्सको मालेस्थि राष्ट्रिय स्टेडियममा राति ८ः४५ बजे बजे हुनेछ ।

नेपालले साफमा खेलेको चार खेलमध्ये २ खेलमा जित हालि गरेको थियो भने एक खेल बराबरीमा रोकिएको थियो । यसअघि भएको खेलमा भारतसँग नेपाल १–० गोल अन्तरले पराजित भएको थियो ।

नेपालले लिग चरणको अन्तिम खेलमा बंगलादेशलाई १–१ को बराबरीमा रोक्दै नेपाल फाइनल प्रवेश गरेको थियो । उता भारत भने २ खेलमा बराबरी र २ खेलमा जित निकाल्दै फाइनल प्रवेश गरेको थियो ।

नेपाल साफ च्याम्पियनसीपको इतिहासमै पहिलो पटक फाइनलमा पुगेको हो । निकै बलियो टिम मानिएको भारतलाई हराउन नेपालका लागि सहज भने छैन । उता भारतले पनि नेपाललाई आफूले बलियो प्रतिष्पर्धीको रुपमा मानेको बताएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा