आइतबार, कार्तिक २ २०८३
ताजा अपडेट

अन्ततः प्रभु साहले गरे कित्ता क्लियर


  • शनिबार, असोज ३० २०७८
12.4K
SHARES

फाइल तस्विर

नेकपा एमालेका नेता प्रभु साहले अन्ततः कित्ता क्लीयर गरेका छन् । केही दिन अघि एमाले छाडेको घोषणा गरेका उनी अन्ततः नेकपा एमालेमै खुलेका हुन् ।

केही दिन अघि बालकोट पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेपछि उनी पूरै युटर्न भएका हुन् । ओली भेट्नुअघि शाहले एमाले छाड्ने मुड बनाइसकेका थिए ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले जनतालाई धोका दिएको आरोप लगाएका हुन्।

गृहजिल्ला रौतहटमा बडादसैँ, दिपावली तथा छठपर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा नेता साहले प्रचण्डले जनतालाई धोका दिएको तर जनतालाई धोका दिने सँधै बेघर हुने बताए।

यस्तै, पूर्वमाओवादीका नेता समेत रहेका नेता साहले प्रचण्डले माओवादीको सिद्धान्त छोडेर प्रतिक्रियावादीको पछिपछि लागेको आरोप लगाए । माओवादी र कम्युनिस्टको नाउँमा भोट लिएर शेरबहादुर देउवाको पछि लागेका प्रचण्ड र माधव नेपाल कुनै पनि हालतमा कम्युनिस्ट हुनै नसक्ने उनको दाबी छ।

कार्यक्रममा सांसद कुन्दन कुश्वाहा, मौलापुर नगर प्रमुख रीना साह, उपप्रमुख गौरी शंकर जयसवाल, कटहरिया नगर प्रमुख सियाराम कुश्वाहा, नेताहरू त्रिभुवन साह, मनोज यादव जयप्रकाश कौशल, ठागा दास लगायतले धारणा राखेका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा