मंगलबार, मंसिर १४ २०७८
ताजा अपडेट

मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई प्रतिबन्ध लगाउनुको कारण अर्कै, फाइनल खेल शुरु हुनु अगावै बाहिरियो रहस्य !


  • KTM Khabar
  • शनिबार, असोज ३० २०७८
2.4K
SHARES

फाइल तस्विर

काठमाडौं, ३० असोज । अबको केही घण्टापछि नेपाल र भारतबीचको साफ च्याम्पियनसिपको फाइनल खेल हुदैंछ । सबैको ध्यान साफ च्याम्पियन को बन्ला भन्ने तर्फ मोडिएको छ ।

यसैबीच, यता नेपाललाई हराउन साफले षडयन्त्र गरेको आरोप समेत लागेको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई प्रतिबन्धपछि यो आरोप लागेको हो । के कारणले अलमुताइरीलाई प्रतिबन्ध लगाइयो यसबारे चर्चा परिचर्चा र बहस शुरु भएको हो ।

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी विवादमा आइरहन्छन् । उनको अभिव्यक्तिका कारण बेला बेलामा समस्यामा पर्ने गरेका छन् । यसपटक उनलाई अभिव्यक्तिकै कारण निलम्बन गरिएको चर्चा छ ।

अल्मुताइरीले साफ पछि नेपालको प्रशिक्षक नरहने र नेपाल पनि नफर्कने अभिव्यक्ति दिएका थिए । यसले निकै चर्चा पायो । तर, उनलाई कारण अर्कै देखाएर निलम्बन गरिएको उल्लेख छ ।

निलम्बनमा परेका कारण अलमुताइरी साफ च्याम्पियनसिपको भारतविरुद्धको खेलमा दर्शकदीर्घामा बस्नुपर्ने भएको छ । श्रीलंका र बँगलादेशविरुद्धको खेलमा गरी दुईवटा पहेंलो कार्ड पाएको भन्दै निलम्बन गरिएको साफले जनाएको छ । तर, अल्मुताइरीले भने आफूलाई निलम्बन गर्नकै लागि नियम परिवर्तन गरिएको जवाफ दिएका छन् ।

दुईवटा पहेंलो कार्ड फरक खेलमा पाएका प्रशिक्षकलाई अर्को खेलमा निलम्बन गर्ने प्रचलन नभएको अल्मुताइरीको तर्क छ । यस्तो नियम खेलाडीको हकमा मात्र लागू हुने उनको भनाई छ ।
यसअघि मालदिभ्सविरुद्धको खेलमा भारतका प्रशिक्षकले रातो कार्ड पाएका थिए । उनी पनि फाइनल भिडन्तमा हुने छैनन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा