काठमाडौँ – आफ्नो निर्वाचन क्षेत्रमा गएका बेला २५ बर्षिय युवाले चर्चित सांसदको ज्यान लिएका छन् । यो बेलायतको खवर हो ।
आफ्नो निर्वाचन क्षेत्र एसेक्समा गएका बेला कन्जरभेटिभ सांसद सद डेविड एमेसमाथि चक्कु आक्रमण भएको हो।
एक भन्दा बढीपटक भएको चक्कु प्रहारबाट ६९ वर्षका एमेसको निधन भएको बेलायती सञ्चारमाध्यमले जनाएका छन् ।
ली अन सी स्थित चर्चमा उनीमाथि चक्कु आक्रमण भएको हो । हत्या अभियोगमा २५ वर्षका व्यक्तिलाई पक्राउ गरिएको बिबिसीले जनाएको छ ।
प्रहरीले आक्रमणमा प्रयोग भएको चक्कु बरामद गरेका छन् । घटनामा संलग्न भएको आशंका पक्राउ परेका युवा बाहेक अरुमा नरहेको प्रहरीको भनाई छ ।
प्रतिआतंकवाद समूहले अनुसन्धानको नेतृत्व गर्ने छ । शुक्रबार भएको घटनापछि प्रधानमन्त्री बोरिस जोन्सनले आफू दुःखमा रहेको उल्लेख गरेका छन्।

गृहमन्त्री प्रिती पटेलले प्रहरीलाई सबै सांसदहरुको सुरक्षा व्यवस्थाबारे तत्काल मूल्यांकन गर्न आदेश दिएकी छन् ।
सर डेविड सन् १९८३ देखि सांसद रहँदै आएका थिए । उनका श्रीमती र पाँच सन्तान छन् ।
पछिल्लो पाँच वर्षमा बेलायतमा दुई सांसदको हत्या भएको छ । सन् २०१६ मा लेबर पार्टीका सांसद जो कक्सको हत्या भएको थियो ।