शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

विप्लवका दाई वीरजङ्गको निधन


  • शुक्रबार, असोज २९ २०७८
11.2K
SHARES

फाइल तस्विर

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीका पूर्वपोलिटब्युरो सदस्य तथा वर्तमान केन्द्रीय सदस्य चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’ को मृत्यु भएको छ । ६१ वर्षको उमेरका वीरजङ्ग नेकपा महासचिव नेत्रविक्रम चन्द (विप्लव)का दाई हुन् ।

विगतमा भएका ग्रामीण वर्गसङ्घर्ष, पञ्चायती निरङ्कुशता र दलाल संसदीय व्यवस्थाविरुद्ध जनयुद्ध हुँदै एकीकृत जनक्रान्तिको प्रतिबन्धको समयमा समेत लामो समयसम्म हिरासत र जेल जीवन व्यतीत गरेका नेता वीरजङ्गलाई जेलभित्रै मुटुको रोगले गाँजेको थियो ।

दुईपटकसम्म उनको मुटुको शल्यक्रिया भएको थियो ।

प्रतिबन्धको समयमा हिरासतभित्रै उनलाई कोरोना सङ्क्रमणसमेत भएको थियो । उपचारकै क्रममा भारत दिल्लीस्थित म्याक्स अस्पतालमा गएराती उनको दुःखद् निधन भएको हो ।

२०१७ साल फागुनमा रोल्पाको इरिबाङमा जन्मिएका नेता वीरजङ्गको सम्पूर्ण जीवन राजनीतिमै व्यतित भएको छ । नेपालको कम्युनिस्ट आन्दोलनमा वीरजङ्गलाई क्रान्तिकारी, अत्यन्त इमानदार छवि भएका व्यक्तित्वका रूपमा चिनिन्छ ।

नेता वीरजङ्ग नेकपाका महासचिव विप्लवका सहोदर दाजु पनि हुन् । वीरजङ्गका आमा, श्रीमती, दुई छोरा–बुहारी छन् ।

नेता वीरजङ्गको शव अस्पतालबाट भोलि नेपाल ल्याइने र उनको हाल बसोबास रहेको कपिलवस्तु शिवगढीस्थित घरमा श्रदाञ्जलीका लागि राखिने छ ।

पार्टी महासचिव विप्लव, केन्द्रीय सचिवालय सदस्यहरू, केन्द्रीय सदस्यहरूसहित पार्टीका नेता–कार्यकर्ता र जनसमुदायबीच श्रद्धाञ्जलीसभा आयोजना गरिने पार्टीको केन्द्रीय स्रोतले जनाएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा