मंगलबार, मंसिर १४ २०७८
ताजा अपडेट

रवि लामिछानेविरुद्ध एक्सनमा उत्रिए पर्यटनमन्त्री, चाले यस्तो कदम


  • KTM Khabar
  • शुक्रबार, असोज २९ २०७८
2.4K
SHARES

फाइल तस्विर

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेम आले चर्चित संचारकर्मी रवि लामिछाने विरुद्ध कानुनी उपचार खोज्ने भएका छन् । मन्त्रीमा नियुक्त भएको केही दिनमा आलेलाई मन्त्री बन्न अयोग्य भएको भन्दै लामिछानेले टेलिभिजनमा रिपोर्ट बजाएका थिए ।

चर्चामा आइरहने पर्यटनमन्त्री प्रेम आलेले रवि लामिछानेविरुद्ध कानुनी माध्ययमबाट एक्सन लिने भएका हुन् । स्रोतका अनुसार चर्चित संचारकर्मी लामिछानेले नवनियुक्त मन्त्री आले र किसान श्रेष्ठसँगै उनीहरुलाई मन्त्री बनाउँने माधव नेपाल प्रति कडा अभिव्यक्ति दिएपछि प्रेम आले भड्किएका हुन् ।

लामिछानेले टेलिभिजनबाटै सार्वजनिक रुपमा मनलाग्दी बोलेर आफूहरुको चरित्रहत्या गरेको भन्दैं टेलिभिजनमाथि नै एक्सन लिने तयारी गरेका स्रोतले हामीलाई बतायो । तथ्यप्रमाण विना नै आले र श्रेष्ठतर्फ ईंगित गर्दै लामिछानेले ठेकेदार, तस्कर, सुकुलगुण्डाहरुले देश चलाउन लागेका भन्दैं आक्रोश पोखेका थिए ।

आले र श्रेष्ठलाई अवसरवादीको नांंगो रुप भन्दै लामिछानेले उनीहरुलाई जोकर सँग तुलना गरेका छन् । रविछानेको अभिव्यक्तीपछि प्रेम आले आक्रोशित बनेका हुन् ।

स्रोतले दिएको जानकारी अनुसार प्रेम आले लामिछाने र ग्यालेक्सी फोर केसँग रुष्ट बनेका छन् ।

लामिछानेले आलेहरुलाई मन्त्री बनाउँनु पर्ने कुनै कारण नभएको भन्दै उनले विदेशमा भएको भए उनीहरु सरकारमा होइन सर्कसमा हुने थिए भनेका छन् । आफ्नो कार्यक्रम सिधा कुरा मार्फत आक्रामक प्रस्तुति दिएका लामिछानले अघिल्लो पटक ओली सरकारमा समेत मन्त्री भएका प्रेम आलेको भाइरल भाषणको क्लिप नै बजाएका थिए ।

सात नम्बर गियरमा सरकार अघि बढछ भन्ने आलेको भाषण बजाउँदै लामिछानेले भन्नुुसम्म भनेका थिए । धेरै बर्ष पहिले गृहजिल्ला डोटीबाट जिल्ला सदस्यबाट आफ्नो राजनीति सुरु गरेका आलेको योग्यता र क्षमतामाथि नै लामिछानेले प्रश्न उठाएपछि आलेले एक्सन लिन लागेको स्रोतको दाबी छ ।

प्रेम आले र किसान श्रेष्ठ मन्त्री बनेको सुन्दा आफुलाई मरौँ मरौँ लागेको पनि उनले बताए । यदी मरेर माथी जाँदा पनि यमराजलाई के भनेर जवाफ दिने होला त्यत्ती जवाफ पनि आफु सँग नभएको भन्दै लामिछानेले उनीहरु त्यत्ती तल्लो स्तरको मान्छे हो भनेका छन् ।

रविले माधव नेपालले नेतृत्व गरेको पार्टीलाई भुरो पार्टी भनिदिएका छन् । अहिले यस्तो भुरो पार्टीमै यस्तो छ भने यो पर्टी पछि ठूलो बनेछ भने के सम्म गर्छ होला भनेर अहिलेनै भन्न सकिने पनि उनले बताए ।

आले र श्रेष्ठ सँग पैसा र भुँडी बाहेक अरु केहि नभएको पनि उनले भनेका छन् । केहि समय अघि मात्रै प्रधानमनत्री शेरबहादुर देउवाको हात बाट आफ्नो टेलिभिजन ग्यालेक्सी फोर के को उद्घाटन गराएका लामिछानेले देउवाको पनि चर्को आलोचना गरेका छन् ।

देउवाले उद्घाटन गरेको टेलिभिजन सुनपानीले छर्कन समेत तयार रहेको उनले भनेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा