शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

प्रचण्डको दशैं शुभकामना, पूर्वराजा ज्ञानेन्द्रको दशैं खल्लो


  • शुक्रबार, असोज २९ २०७८
15.1K
SHARES

फाइल तस्विर

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले प्रचण्डले दसैँ, तिहार, नेपाल सम्वत र छठ लगायतका चाडपर्वको अवसरमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन्।

अध्यक्ष प्रचण्डले शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको शुभकामना व्यक्त गरेका छन्।

पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालमा प्रजातन्त्रलाई संस्थागत गर्नका लागि राजसंस्थाको आवश्यकता महशुस भएको बताएका थिए ।

उनको भनाईलाई खण्डन गर्दै प्रचण्डले ठूलो त्याग र वलिदानबाट संघियता लोकतान्त्रीक गणतन्त्र आएकाले यसको रक्षा गर्नु सम्पूर्ण नेपालीको दायित्व भएको बताएका छन् ।

सन्देशको खण्डन गर्दै प्रचण्डले भनेका छन्, ‘बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवं बहुधार्मिक विविधताले भरिपूर्ण सुन्दर मुलुक नेपालमा विभिन्न पर्वका आ–आफ्नै पृष्ठभूमि, मौलिकता र मूल्य छन् ।’

प्रचण्डले अगाडि भनेका छन्, ‘यिनै आफ्नै पहिचानयुक्त सांस्कृतिक धरोहरका कारण नेपाल आदिकालदेखि नै स्वतन्त्र, अविभाज्य र एकताबद्ध राष्ट्र बन्न सफल भएको हो।’

अध्यक्ष प्रचण्डले हाम्रा सांस्कृतिक पर्वले नेपाली समाज र मानव जीवनमा भ्रातृत्व, भावनात्मक एकता र राष्ट्रिय गौरवका निम्ति विशिष्ट योगदान पुर्याउँदै आएका बताउँदै त्यसलाई विकसित तुल्याएर राष्ट्रिय एकता हासिल गर्दै समृद्धि र सामाजिक परिवर्तनलाई संस्थागत गर्नु आजको हाम्रो कार्यभारसमेत भएको उल्लेख गरेका छन्।

प्रचण्डको यो भनाईले मुख मिठ्याएर बसेका पूर्वराजालाई झट्का लागेको छ । यो पटकको दशैं खल्लो हुने भएको छ ।

‘कोरोना भाइरसका कारण अझै सहजरूपमा चाडपर्व मनाउने अवस्था नभएको सन्दर्भमा स्वास्थ्य सुरक्षाका सबै प्रकारका मापदण्डको पालना गरी चाडपर्व मनाउन सबैमा अपिल गर्दै पुनः एकपटक सु–स्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु,’ अध्यक्ष प्रचण्डले भनेका छन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा