मंगलबार, मंसिर १४ २०७८
ताजा अपडेट

कांग्रेस नेताको घाँटी रेटी हत्या


  • KTM Khabar
  • शुक्रबार, असोज २९ २०७८
2.3K
SHARES

??????????????????????????????????????????????????????????

काठमाडौ – नेपाली कांग्रेसको चर्चित नेताको घान्टी रेटेर हत्या गरिएको छ । रोल्पामा नेपाली कांग्रेसका चर्चित जिल्ला नेताको घाँटी रेटेर हत्या भएको हो ।

रोल्पा नगरपालिका–६ दार्बोटका ५२ वर्षीय पूर्णबहादुर बुढाको घाँटी रेटेर हत्या भएको हो। बुढाको आफ्नै घरमा घाँटी काटेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।

उनी गत साउन २३ मा सम्पन्न कांग्रेसको वडा अधिवेशनमा क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका थिए । रोल्पा कांग्रेसका सभापति अमरसिंह पुनले क्षेत्रीय प्रतिनिधि बुढाको आइतबार राति हत्या भएको जानकारी दिए।

‘सोमबार बिहान ११ बजे घटना थाहा भयो। अघिल्लो राति हत्या भएको हुन सक्छ,’ उनले भने। सभापति पुनका अनुसार बुढा घरमा एक्लै बस्दै आएका थिए।

श्रीमतीको निधन भइसकेको, छोराहरु वैदेशिक रोजगारीमा रहेका र छोरीको बिबाह भइसकेकाले बूढा एक्लै बस्दै आएका उनले बताए।

प्रहरीले हत्या गरेको आशंकामा मृतकका भाइ अमराज बुढालाई पक्राउ गरेको छ।

कुकुरले गरेको पहिचानका आधारमा प्रहरीले भाइलाई पक्राउ गरेको हो। रोल्पा प्रहरीले बाँकेको नेपालगञ्जबाट कुकुरसहितको टोली घटनास्थल बोलाएको थियो।

‘अहिलेसम्म घटना कसले गराएको हो भन्ने खुलेको छैन। हत्या आरोपमा प्रहरीले मृतकका भाइ पक्राउ गरेको छ,’ जिल्ला सभापति पुनले भने।

घरमा एक्लै रहेका बुढाको सोमवार विहान ११ बजेसम्म ढोका नखुलेपछि प्रहरीको सहयोगमा ढोका फोडेर हेर्दा हत्या भएको अवस्थामा पाइएको रोल्पा प्रहरी प्रमुख नरेशराज सुवेदीले जानकारी दिए।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा