शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

नेपाल पहिलोपटक साफ च्याम्पियनसिपको फाइनलमा


  • बुधबार, असोज २७ २०७८
8.3K
SHARES

फाइल तस्विर

माल्दिभ्समा जारी साफ च्याम्पियनसिप २०२१ मा नेपाल फाइनल प्रवेश गरेको छ। बुधबार माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय रंगशालामा भएको खेलमा बंगलादेशलाई बराबरीमा रोक्दै नेपाल पहिलोपटक फाइनलमा पुगेको हो। नेपालले बंगलादेशविरूद्ध दोस्रो हाफमा गोल गरेको थियो। नेपालका लागि अन्जन विष्टले ८८ औं मिनेटमा पेनाल्टीमार्फत् गोल गरेका हुन्।

बंगलादेशका सुमन रेजाले नेपालविरूद्ध खेलको नवौं मिनेटमा गोल गरेका थिए।

बराबरीसँगै नेपालले चार खेलबाट ७ अंक जोडेको छ। दोस्रो स्थानको माल्दिभ्सको ६ अंक र तेस्रो स्थानमा भारतको ५ अंक छ। अहिले राति ९:४५ बजे भारत र माल्दिभ्सबीच प्रतिस्पर्धा हुँदैछ।

फाइनलमा पुग्न माल्दिभ्सलाई बराबरी भए पुग्छ भने भारतलाई जीत चाहिन्छ। यो खेलको नतिजापछि नेपालले फाइनलमा भिड्ने टिमको टुंगो लाग्नेछ।

नेपालले यसअघि खेलेका १२ संस्करणमा फाइनलमा स्थान बनाउन सकेको थिएन। त्यसैले नेपाली फुटबलका लागि यो ऐतिहासिक सफलता हो।

फाइनल खेल आउँदो शनिबार नेपाली समयअनुसार राति ८:४५ मा हुनेछ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा