आइतबार, असोज ३१ २०७८
ताजा अपडेट

बालिका दिवसका सन्दर्भमा पुनः प्रयोग गर्न मिल्ने स्यानिटरी प्याडको महत्वका बारेमा चर्चा


  • KTM Khabar
  • बुधबार, असोज २७ २०७८
494
SHARES

विभिन्न क्षेत्रमा कृयाशिल अभियन्ताहरुले धोएर पुनः प्रयोग गर्न मिल्ने स्यानिटरी प्याडको प्रयोगमा जोड दिएका छन् । किशोरीहरुका दिन नेपाल (डेज फर गर्ल्स नेपाल) संस्थाद्वरा अन्तराष्ट्रिय बालिका दिवसका सन्दर्भमा आयोजित ( २१औं शताब्दीमा धोएर पुनः प्रयोग गर्न मिल्ने स्यानिटरी प्याडको प्रयोग किन गर्ने रु विषयक वेबिनार कार्यक्रमका वक्ताहरुले आर्थिक, वातावरणीय र स्वास्थ्यका दृष्टिकोणले पुनः प्रयोग गर्न मिल्ने स्यानिटरी प्याड उत्तम बिकल्प हुने बताए । यसरी उत्पादन हुने प्याडलाई प्राथमिकता दिएको खण्डमा प्याड उत्पादनमा नेपाल आत्मनिर्भर बन्न सक्ने धारणा व्यक्त गरेका थिए । देशभरि नै कसरी वातावरण मैत्री पुनः प्रयोग गर्न मिल्ने स्यानिटरी प्याडको सहज उपलब्धता गराउने भन्ने बारेमा कार्यक्रममा चर्चा गरिएको थियो ।

कार्यक्रममा वक्ताका रुपमा रहेका मिस युनिभर्स -२०१८ मनिता देवकोटा, मातृ स्वास्थ्यमा एमएस्सी गरेकी रजिस्टर नर्स अनु थापा, उद्यमी तथा नेतृ समिक्षा बास्कोटा, द कन्ट्री दयाट सोक कि संस्थापक सोफी मालिफ्यान्ट र डीएफजी नेपाल कि निर्देशक माया खाइतुले महिनावारी(स्वास्थ्य महिलाको मात्र सरोकारको बिषयका रुपमा बुझ्न नहुने साझा धारणा व्यक्त गरेका थिए ।

कार्यक्रमको अवधारणा पत्र प्रस्तुत गर्दै निर्देशक खाइतुले भनिन्, “आर्थिक वर्ष ०७६/७७ मा स्यानिटरी प्याड र टेम्पोन आयातमा २ अर्ब १८ करोड ४८ हजार रुपैयाँ खर्च भएको छ । एउटा अध्ययनमा भनिएको छ, एक महिला आफ्नो जीवनको अवधिमा औसतमा ३५०० दिनका लागी महिनावारी हुन्छिन । यसलाई नै आधार मान्ने हो भने एक महिलाले आफ्नो जीवनकालमा ११,००० देखि १५,००० स्यानिटरी प्याड प्रयोग गर्नु पर्ने देखिन्छ । खर्चको हिसाबले यो अत्याधिक त छ नै त्यो सँगै यी प्याडहरु वातावरणमा नष्ट हुन २०० देखि १,००० वर्ष लाग्न सक्छ ।“उनले भनिन्, “देशमा इको प्याडको महत्व आगामी वर्षहरुमा झनै व्यापक हुने छ ।“

किशोरिहरुका दिन नेपाल(इन्टरप्राइज कार्यक्रम अन्तर्गत महिलाहरुलाई सीपमूलक तालिम (डि. एफ. जी. किट र प्याड बनाउने सीप ) प्रदान गरि आफ्नो समूदायमा इन्टरप्राइज खोल्न मद्दत गरिरहेको छ । संस्थाका उत्पादनहरु धोएर पुनस् प्रयोग गर्न मिल्ने प्रकृतिका छन् । उत्पादन भएका किट दिगो, वातावरण मैत्रि र बजारमा उपलब्ध हुने प्याड भन्दा स्वस्थ्यकर र सहुलियतपूर्ण अनि प्रयोग गर्न पनि सहज रहेको स्थानीय स्तरमा काम गरिरहेका इन्टरप्राइज लिडरहरुले बताए । डि।एफ।जि किट सुरक्षित साथ प्रयोग गरेमा २ देखि ३ वर्षसम्म प्रयोग गर्न मिल्ने संस्थाको दाबी छ । संस्थाले हालसम्म बिभिन्न जिल्लामा १४ वटा इन्टरप्राइज कार्यक्रम सञ्चालन गरिरहेको छ । स्थापना कालदेखिनै किशोरी र महिलाहरुलाई महिनावारी सम्बन्धी शिक्षा, प्रजनन स्वास्थ्य, महिनावारी हुँदा गर्नुपर्ने व्यक्तिगत सरसफाई सम्बन्धी र आत्मबल बढाउने तालिमहरु प्रदान गर्नुको साथै पुन प्रयोग गर्न मिल्ने प्याडको वितरण गर्दै आएको छ । महिलाहरुलाई पुन प्रयोग गर्न मिल्ने डि।एफ।जी किट ९प्याड० बनाउने तालिम दिई उनीहरुलाई आयआर्जनको अवसर प्रदान गरी आत्मनिर्भर हुन मद्दत पनि गरिरहेको छ । महिनावारी र स्वच्छता साझा अभियान भएकाले आगामी दिनमा यस्ता चेतनामूलक कार्यक्रमहरुलाई निरन्तरता दिने आयोजक डिएफजी नेपालले बतायो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा