राजनीति बडो विचित्र को छ । अहिले नेपालीहरूको महान चाड दशैँ सुरु हुदै छ । दशैँ को मुखैमा नेपाली हरू छन् । हुने खानेले राम्रै मनाउलान् तर नेपालमा यस्ता सामान्य जनता पनि छन् जसलाई दुई छाक टार्नकै चिन्ता छ । तर नेताहरूलाई जनताको समस्या बाल मतलब छैन ।
आम सर्वसाधारणको हित गर्छु भनेर सत्तामा जनताकै भोट पाएर पुगेका नेताको ध्याउन्न भने फरक छ । बागमती प्रदेशमा अहिले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य छिन् ।
अहिले प्रदेश शरकार अल्पमतमा परेको छ । अल्पमतमा परेको सरकार विश्वासको मत छलेर दशैँ सम्म पदमै अडिने रणनीति देखिएको छ ।
उता नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे भने अल्पमतमा परेको शरकारका मन्त्रीहरूले गाडीमा झन्डा हल्लाएर दशैँमा टिका थाप्न नहीड्नु भन्दै मुख्यमन्त्री बन्न नपाएकोमा प्रदेश सरकारका मन्त्री विरुद्ध आगो ओकल्दै छन् ।
नेता र नेतृत्वलाई आम सर्वसाधारणको जिबिको पार्जन सँग सरोकार हुनु पर्ने हो । तर ठिक विपरीत सत्ता र कुर्सीको मोह देखिएको छ ।
चाडबाडको मुखमा कयौँ जनतालाई चुलोमै आगो बाल्न समस्या छ । नेताहरू भने दशैँ अघि मुख्यमन्त्री र मन्त्री बन्न तपाएकोमा बडो चिन्तामा देखिएको उनका अभिव्यक्ति हरूबाट प्रस्टै बुझ्न सकिन्छ ।
आखिर किन नेताहरू जनता प्रति उत्तरदायी हुन छोडेर कुर्सीको हानथापमा होमिएका छन् यो आम सर्वसाधारणको गुनासो छ ।
नेता भनेको जनहितमा काम गर्ने हुनु पर्ने हो ।
नेपालमा जनताप्रति उत्तरदायी हुनु भन्दा पद र प्रतिष्ठाका लागी नेताले मरिहत्ते गरेकैले नेपालको विकास हुन सकिरहेको छैन । यतातिर सबै नेताहरूको ध्यान जान जरुरी छ ।