आइतबार, असोज ३१ २०७८
ताजा अपडेट

प्रधानन्यायाधीश कोटाका मान्छेलाई मन्त्री बनाएर प्रधानमन्त्रीले तमासा देखाएकै हुन: पौडेल


  • KTM Khabar
  • सोमबार, असोज २५ २०७८
418
SHARES

रामचन्द्र पौडेल । तस्विरः फाइल

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल प्रधानमन्त्री तथा आफ्नै पार्टीका सभापति शेरबहादुर देउवा बिरुद्द खनिएका छन् । तीन दिन पनि नटिक्नेगरी प्रधानन्यायाधीशका मान्छेलाई मन्त्री बनाएर प्रधानमन्त्रीले तमासा देखाएको भन्दै उनी देउवा संग रुष्ट बनेका छन् ।

पार्टीको नवनिर्वाचित भरतपुर महानगर समितिले गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै पौडेलले सभापतिले सरकारको नेतृत्व गर्दा पार्टीको बदनाम गर्दै गएको बताए।

‘कोटामा एउटालाई मन्त्री भर्ती गरियो, बनायो दुई-तीन दिनमै राजीनामा दिनुपर्‍यो,’ उनले भने, ‘यसले पार्टीको बदनाम भएको छ। नेपाली कांग्रेसको इज्जत र प्रतिष्ठामाथि खेलवाड गर्न के पार्टी सभापतिलाई अधिकार छ? प्रधानमन्त्रीलाई अधिकार छ?’

नेता पौडेलले अबका निर्वाचनमा अन्य पार्टीको चुनाव चिन्हमा भोट हाल्न नपर्ने गरी पार्टीलाई अघि बढाउन आफू लाग्ने बताए।

केही दिनअघि चितवन आएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल’प्रचण्ड’ले पत्रकारसँग कुरा गर्दै विशेष अवस्थामा गठबन्धन बनेका कारण आगामी चुनावसम्म गठबन्धन एक भएर अघि बढ्ने दाबी गरेका थिए।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा