आइतबार, असोज ३१ २०७८
ताजा अपडेट

देशैभर माओवादी मय बनाउने प्रचण्डको लक्ष्य, ३० लाख सङ्गठित सदस्य बनाउने उद्घोष !


  • KTM Khabar
  • सोमबार, असोज २५ २०७८
646
SHARES

फाईल तस्बिर

देशै भर माओवादी मय बनाउने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको लक्ष्य रहेको छ । राष्ट्रिय सम्मेलनको तयारीमा रहेको नेकपा माओवादी केन्द्रले सङ्गठन सुदृढीकरण अभियानमार्फत करिब ३० लाख ९४ हजार १६८ सङ्गठित सदस्य, सदस्य र समर्थकलाई सङ्गठित गर्ने लक्ष्य लिएको छ ।

पार्टीमा जिम्मेवारी नपाएका नेताहरूलाई जिम्मेवारी दिएर सङ्गठनलाई सशक्त बनाउने माओवादीले निर्णय गरेको छ ।

असोज ६, ११, १२ र १३ गते सम्पन्न माओवादीको स्थायी कमिटी बैठकले केही नेताहरूको जिम्मेवारी हेरफेर गरेको छ । यसअघि कपिलवस्तु इञ्चार्जको जिम्मेवारी दिइएका डोरप्रसाद उपाध्यायलाई केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी दिइएको छ । विभिन्न प्रदेशका रिक्त पदाधिकारी र अन्य केही संगठनात्मक निर्णय पनि भएको छ । जसअनुसार प्रदेश नम्बर १ को सचिवमा हेमराज भण्डारी चयन भएका छन् भने प्रदेश २ को अध्यक्षमा प्रल्हाद बुढाथोकी र जोगबहादुर बर्बरिया यादव चयन भएका छन् ।

यस्तै, बागमती प्रदेशमा ईश्वरी प्रसाद भट्टराईलाई पनि सह इन्चार्ज बनाइएको छ । यसअघि हितबहादुर तामाङ, शशी श्रेष्ठ र सूर्य सुवेदी सहइञ्चार्ज थिए । यसअघि नै हितमान शाक्य इञ्चार्ज र नारायण दाहाल अध्यक्ष रहेको बागमती प्रदेशमा सचिवको जिम्मेवारी अञ्जना विशंखेलाई दिइएको छ । यसैगरी गण्डकी प्रदेशमा देवेन्द्र पराजुलीलाई सचिवको जिम्मेवारी दिइएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा