शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

अल्पमतको मन्त्री बनेर झण्डा हल्लाउँदै टीका थाप्न जाने कस्तो रहर हो ? : राजेन्द्र पाण्डे


  • सोमबार, असोज २५ २०७८
12.8K
SHARES

बागमती प्रदेशका मुख्यमन्त्रीका दाबेदार राजेन्द्र पाण्डे/फाइल तस्विर

नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेबागमती सरकार विरुद्ध खनिएका छन् ।

विश्वासको प्रस्ताव छल्न खोजेको विषयलाई लिएर दसैँ भरि गाडीमा झन्डा हल्लाएर टिका थाप्न जाने रहर मन्त्रीहरूलाई भएको भन्दै उनले कडा आलोचना गरेका छन् ।  आइतबार सभामुख सानुकुमार श्रेष्ठले १२ दिन प्रदेशसभा बैठक स्थगित गरेपछि आक्रोशित बनेका बनेका छन् ।

नेता पाण्डेले दशैंभरि मन्त्री हुन रहर गरेको भन्दै आलोचना गरेका हुन् । पाण्डेले मन्त्रीहरुलाई झण्डा हल्लाउँदै टीका थाप्न जाने रहर लागेको टिप्पणी गरे ।

उनले भने–‘मन्त्रीज्यूहरुलाई झण्डा हल्लाएर टीका थाप्न जान रहर होला, तर अल्पमतको मन्त्री बनेर टीका थाप्न नजानुस् ।’

बैठक स्थगित भएपछि बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको विश्वासको मतसम्बन्धी प्रस्तावमा पनि दशैंपछि मात्र छलफल हुने भएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा