जनता समाजवादी पार्टी, नेपाल (जसपा)की नेतृ एवम् प्रतिनिधि सभाकी सांसद अमृता अग्रहरीले उपेन्द्र यादवले एउटा जातलाई मात्रै अवसर दिएर पार्टी कब्जा गरेको बताइन् ।
नेपाली रेडियो नेटवर्कमा आइतबार अन्तर्वार्ताका क्रममा नेतृ अग्रहरीले उपेन्द्र यादवले मन्त्री सिफारिस गर्दा क्षेत्रीयतामा पनि ध्यान नदिएको उनले बताइन् । ‘मलाई विभेद भएको छ ।
एउटा समुदायलाई मात्रै अगाडि सारेर पार्टीको मूल्य मान्यता रहँदैन’, अग्रहरीले भनेकी छिन्, ‘मलाई मन्त्री बनाएको भए काम गर्ने थिएँ ।
उनले भनेकी छिन्, ‘उपेन्द्र यादवले गल्ती गर्नुभएको छ । त्यो गल्ती र त्रुटि सच्याउनुपर्छ । पार्टीको हित गर्नको लागि उपेन्द्रजीले गल्ती सच्याउनुपर्छ । भुगोल हेरेर मन्त्री बनाउनु पर्ने थियो ।’
‘म्याण्डेट विपरित मन्त्री सिफारिस गरिएको छ’, उनले चेतावनी शैलीमा भनेकी छिन्, ‘उपेन्द्र यादवजीले गल्ती सच्याउनुपर्छ । होइन भने परिणाम उचित हुँदैन ।’
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।